भारतमा २५९२० कोभिड सङ्क्रमित थपिए

भारत- भारतमा पछिल्लो २४ घण्टामा २५ हजार ९२० जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीले शुक्रबार बिहान जानकारी दिएका छन् । यसैसँगै भारतमा कोरोना सङ्क्रमण शुरु भएयता हालसम्म चार करोड २७ लाख ८० हजार ३१५ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।
सोही अवधिमा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या भने ६६ हजार २५४ रहेको छ । एउटै अवधिमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित भएकाको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । भारतमा कोरोनाका चार करोड १९ लाख ७७ हजार २३८ जना सङ्क्रमण मुक्त भएका छन् ।
अधिकारीका अनुसार, भारतमा अहिले कोरोनाभाइरसबाट सक्रिय सङ्क्रमितको सङ्ख्या दुई लाख ९२ हजार ९२ रहेको छ । कोरोनाभाइरसका कारण भारतमा पछिल्लो एक दिनमा ४९२ को मृत्यु भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन । यससँगै भारतमा कोरोना सङ्क्रमणको कारण हालसम्म पाँच लाख १० हजार ९०५ को मृत्यु भइसकेको समाचारमा जनाइएको छ । (सिन्ह्वा)

५ बजेदेखि युद्ध र सैन्य कारबाही रोक्ने सहमति भयो : भारत

पाकिस्तानी विदेशमन्त्री डारले भने- युद्धविराममा सहमति भयो

डोनाल्ड ट्रम्पको दाबी : अमेरिकाको मध्यस्थतामा युद्धविरामका लागि भारत र पाकिस्ता…

पाकिस्तानसँगको द्वन्द्वले भारतका दर्जनौं विमानस्थल अस्थायी रूपमा बन्द
भारतको ‘अप्रेशन सिन्दूर’विरूद्ध पाकिस्तानले सुरु गर्यो ‘बुनयान-उल-मरसूस’

ट्रम्प मध्यपुर्वमा निस्कनुअघि अमेरिकन रक्षा सचिवको इजरायल भ्रमण रद्द

भारतका ७७ ड्रोन खसालेको पाकिस्तानको दावी

प्रतिक्रिया