नेपालले ओमानलाई दियो ११८ रनको लक्ष्य

काठमाडौं । आईसिसी टि२० विश्वकप छनाेट अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा खराब सुरुवात गरेको छ । घरेलु टोली ओमानविरुद्ध टस हारेर पहिले व्याटिङ गरिरहेको नेपालले ८ विकेट गुमाउँदै ११७ रन बनायो ।
निर्धारित २० ओभार खेलेको नेपालले घरेलु टोलीलाई ११८ रनको लक्ष्य दिएको हो ।
नेपालका लागि आरिफ शेखले अविजित रहदै सर्वाधिक ३८ रन जोडे ।
सन्दीप लामिछाने १६ रनमा आउट भए । लोकेश बमले १६, ज्ञानेन्द्र मल्लले १५, दिपेन्द्र सिंह ऐरीले ११, विवेक यादवले ७, कुशल भुर्तेलले ५, आशिफ शेखले ४ र कमल सिंह ऐरीले १ रन बनाए ।
ओमानका खवार अलीले सर्वाधिक ३ विकेट हात पारे ।
नेपालले यस प्रतियोगितामा ओमानसँगै फिलिपिन्स, आएरल्यान्ड र क्यानडासँग समूह चरणमा खेल्ने छ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_1kRTXHuHfw_4lj21vzzpdllzd7atqz8ivzs6fxgn4onyieg9byibska9xhoc4r9dwwxw2nn.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया