१० मिनेटको संसद् बैठकमा ९ मिनेटसम्म नाराबाजी
काठमाडौँ : शुक्रबार पनि दिउँसो १ बजेपछि प्रतिनिधि सभा बैठक बस्यो । तर १० मिनेटसम्म चलेको बैठक ९ मिनेटसम्म अवरोध भयो । सभामुख अग्नि सापकोटाले बैठकको कारबाही सुरु भएको बताएलगत्तै प्रमुख प्रतिपक्षी दल एमालेका सांसद रोष्टम घेराउ गर्न पुगेका थिए ।
एमालेले अवरोध गरेपछि केही समयसम्म सभामुख सापकोटाले उनीहरुको नाराबाजी सुनिरहे । यसबीचमा सभामुख सापकोटाले कोरोना महामारीका कारण संसद् बैठक नियमित हुन नसकेको र संसद् बैठकमा अवरोध कायम रहँदा जनताका भावना समेटिन नसकेको भन्दै बैठक सञ्चालनका लागि आग्रह गरेका थिए ।
तर प्रतिपक्षी दलका सांसदले संसद्को अवरोध कायमै गरिरहे । त्यो क्रम ८ मिनेटसम्म चल्यो । तर नाराबाजी रोकिने संकेत नपाएपछि सभामुख सापकोटाले अवरोधकाबीच ‘आदिवासी जनजाति आयोगको प्रतिवेदन’ पेश गर्न कानूनमन्त्री दिलेन्द्र बडुलाई पोडियममा बोलाए । मन्त्री बडुले आयोगको प्रतिवेदन पेश गरे ।
तर छलफलको वातावरण बनेन । बैठक सुरु भएलगत्तै एमाले सांसदको नाराबाजी चलेको थियो । बैठक चल्न सक्ने नदेखेपछि सभामुख सापकोटाले प्रतिनिधिसभाको अर्को बैठक फागुन ८ गते आइतबार १ बजे बस्ने भन्दै स्थगित गरे ।
सभामुख सापकोटा आफ्नो आसनबाट उठेर हिँडेपछि एमाले सांसदको नाराबाजी रोकियो । अनि क्रमशः सांसदहरु बैठकस्थलबाट बाहिरिए । यो क्रम लगातार चलिरहेको छ । शुक्रबारको बैठकमा एमसीसी कार्यसूचीमै थिएन ।

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया