विश्वकप छनोटमा नेपालको विजयी सुरुवात

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट खेलमा नेपालले विजयी सुरुआत गरेको छ। नेपालले आयोजक ओमानमाथि ३९ रनको जित हात पारेको हो ।
घरेलु टोली ओमानविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेकोे नेपालले ८ विकेट गुमाउँदै ११७ रन बनायो । निर्धारित २० ओभर खेलेको नेपालले घरेलु टोलीलाई ११८ रनको लक्ष्य दिएको थियो ।
लक्ष्य पछ्याएको ओमान १७ ओभरमै अलआउट भयो । ओमानले ७८ रन मात्रै बनाउन सक्यो ।
जितका लागि नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको ओमानका लागि नसिम खुसीले २४ रन बनाए । उनीबहेक अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् । आमिर कलिमले ९, जातिन्दर सिंहले ९, खबर अलीले ७, कलिमुल्लाहले ५, अयान खानले ३, जिसन मक्सुदले २ र सोएब खानले १ रन बनाए।
नेपालको जितमा कमल सिंह ऐरीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान दुई–दुई विकेट हात पारे । अविनाश बोहरा र जितेन्द्र मुखियाको नाममा एक–एक विकेट रह्यो ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन जोडे । सन्दीप लामिछाने १६ रनमा अविजित रहे । लोकेश बमले १६, ज्ञानेन्द्र मल्लले १५ रनको योगदान दिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले ११, विवेक यादवले ७, कुशल भुर्तेलले ५, आशिफ शेखले ४ र कमल सिंह ऐरीले १ रन बनाए ।
ओमानका खवार अलीले सर्वाधिक ३ विकेट हात पारे । त्यस्तै विलाल खानले दुई–दुई विकेट लिए भने फयाज बट, जिसन मक्सुदको नाममा एक–एक विकेट रह्यो।

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_NKPXYwe63d_1xazlmy8wd3ogagexxvejb2wymegaz1ooowxzncaihkkxxbts1jtdt2t1tfd.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

प्रतिक्रिया