'इन्टेग्रीटी आईकन, २०२०' सार्वजनिक

काठमाडौंः सुशासन र संस्थाहरूको प्रभावकारिता तथा नेतृत्वको सशक्तिकरणमा काम गर्दै आएको संस्था अकाउन्ट्याबिलिटी ल्याब नेपालले अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि इन्टेग्रीटी आईकनहरू सार्वजनिक गरेको छ । कोभिड–१९ को विषम परिस्थितिलाई मध्यनजर गर्दै अकाउन्ट्याबिलिटी ल्याब नेपालले भर्चुअल माध्यमबाट इन्टेग्रिटी आईकन २०२० सार्वजनिक गरेको छ । इन्टेग्रिटी आइकन सार्वजनिक गर्दै अकाउन्ट्याबिलिटी ल्याबले कोभिड – १९ को महामारीले व्यक्तिगत तथा संस्थागत निष्ठाको महत्वलाई अझै उजागर गरिदिएको छ ।
इन्टेग्रिटी आईकन सार्वजनिक सेवामा रहेर निष्ठापूर्वक जिम्मेवारी बहन गरी उदाहरण प्रस्तुत गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने र निष्ठापूर्ण समुदाय निर्माण गर्न थलिएको खुला अभियान हो । ७ वर्ष अगाडी नेपालबाट सुरु भएको अभियान हाल विश्वका १२ मुलुकमा पुगिसकेको छ ।
यस वर्षका इन्टेग्रीटी आईकनहरूलाई देशभरीबाट प्राप्त भएका १,५०२ मनोनयन बाट निर्णयक समितिले छनौट गरिएको अकाउन्ट्याबिलिटी ल्याबले जनाएको छ । निर्णायक समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्याय, अधिकार सम्पन्न संघीय प्रशासनिक पुनः संरचना सहजिकरण समितिका अध्यक्ष एवम् प्रशासनविद् काशीराज दाहाल, पूर्र्व सचिव जीवनप्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपाने र आइआइडिएस सेन्टर फर गभर्नेन्सका निर्देशक सुचिता प्याकुरेल सहभागी थिए ।
इन्टेग्रीटी आइकन २०२० का लागि छनौट निर्णायक समितिले निम्न अनुसार छनौट गरेको अकाउन्ट्याबिलिटी ल्याबले उल्लेख गरेको छ ।
आरती थारु, जनस्वास्थ्य निरीक्षक, नेपालगञ्ज स्वास्थ्य चौकी: प्युठान जस्तो विकट ठाउँमा कार्यरत हुँदा उनले सुत्केरी महिलाका लागि गरेको काम उल्लेखनीय छ । उनले त्यहाँ रहँदा, सुत्केरी सेवा सबैको पहुँचमा पुर्याउन बर्थिङ सेन्टर सबैको पायक पर्ने ठाउँमा राख्न अग्रणी भुमिका निर्वाह गरिन् । हाल नेपालगञ्जमा रहँदा कोभिड – १९ महामारीको समयमा उनले क्वारेन्टाईनमा काम गर्दा देखाएको सहास, आईसोलेशन र होम आईसोलेशनमा बस्ने संक्रमितलाई गरेको सेवाको सबैले प्रसंशा गरेका छन् ।
दिपक ज्ञवाली, महाशाखा प्रमुख, उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय, लुम्विनी प्रदेश, बुटवल: दिपक ज्ञवालीले वनलाई आयस्रोतको माध्यम बनाउन सकिन्छ, अतिक्रमित बन राज्यको नाममा फिर्ता गर्न जोखिमको सामना गर्न सक्नु पर्दछ र समुदाय र विशेष गरेर महिला समूह परिचालन गरेर तस्करीलाई निरुत्साहन गर्न सकिन्छ भनेर उदाहरण प्रस्तुत गरेका छन् । टिम वर्कमा विश्वास गर्ने र जिम्मेवारी बाडफाड गरेर काम गर्ने भएकोले उनी कार्यरत कार्यालयले उत्कृष्ट कार्यसम्पादन गर्दै आईरहेकाछन् ।
हेम बहादुर आले मगर, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र, ओखलढुंगा: हेम बहादुर आले मगरले कृषकलाई दिगो व्यवसायिक खेती गर्ने तालिम दिन फार्म स्कुल सञ्चालनमा ल्याए । त्यसबाट कृषकले खेती गर्ने तरिका र प्रविधिको उचित प्रयोग गरेर आयआर्जन गर्नसके । त्यसै गरेर, कृषकको समस्या बुझेर समाधान गर्न निमित अगुवा कृषक गोष्ठिको आयोजना गरे । वास्तविक कृषकको पहिचान गरेर प्रभावकारी स्रोत परिचालन गर्नमा पनि उल्लेख्य काम गरे ।
मञ्जु महत, अधिकृत, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, मंगलसेन नगरपालिका, अछाम: मञ्जु महतले अछाममा घरेलु हिँसा र छाउपडी प्रथा कम गर्न र बालबालिकाको नेतृत्व विकास गर्नमा ठुलो योगदान गरेकी छिन् । यदि कुनै महिलाले घरेलु हिँसाको सामना गरिन भने सबैले पहिलो पटक सम्झिने नाम हो मञ्जु महत । पहिला वस्तुस्थिति बुझ्ने, व्यवहारिक कार्ययोजना बनाउने र त्यसको प्रभावकारी कार्यान्वयन गर्नु उनको कार्यशैली हो ।
डा. नविनबन्धु पहाडी, शिक्षक, नीलकण्ठ उच्च माध्यामीक विद्यालय, धादिङ: पहाडीले धादिङमा दलित र सिमान्तकृत समुदायका बालबालिकाको पढ्न पाउने अधिकारको सुनिश्चितता गर्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय व्यक्ति तथा संस्थासँगको सहकार्यमा विद्यालय स्थापना गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । त्यसै गरेर आमाबाबु गुमाएका बालबालिका अभावका कारण पढाईबाट बञ्चित नहोउन भन्नका लागि बाल अनाथाश्रम पनि सञ्चालन गरेकाछन् ।
अकाउन्ट्याबिलिटी ल्याबले इन्टेग्रिटी आइकनहरूलाई माघ ९ गते भर्चुअल माध्यमबाट सम्मान गर्न लागिएको जनाएको छ ।

अब नयाँ बानेश्वरमा पनि एचसी आरसी इजुकेशन हब

इनड्राइभः यात्राको भाडा आफैं निर्धारण गर्ने र मनपर्ने चालक रोज्ने स्वतन्त्रतासहित…

एक हप्ता लामो उत्सव र उत्साहजनक सहभागितासँगै यामाहा ब्लू फेस्ट सफलतापूर्वक सम्प…

कमाइको केही प्रतिशत नेपालमा लगानी गर्नुस्, प्रतिफल दिने वातावरण हामी बनाउछौँ…

शुक्रबारको भाउमा सुनचाँदीको मुल्य

विश्वभरिका नेपाली सेफहरू एकजुट, अन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरु…

पर्यटकका पर्खाइमा बयली

प्रतिक्रिया