किरणको ‘अन्तिम इच्छा’मा पुष्प र पूजा

काठमाडौँ -झण्डै दुई दशकदेखि संगीतमा सक्रिय गायक किरण पुन्जले ‘अन्तिम इच्छा’ बोलको गीत सार्वजनिक गरेका छन् । प्रयाग संगीत विद्यालयबाट संगीत प्रभाकर गरेका पुन्ज २०६४ साल देखि काष्ठमण्डप विद्यालयमा संगीत शिक्षकको रुपमा कार्यरत छन् ।
२०६६ सालमा किरण नामक एल्बम प्रकाशन गरेर चर्चामा आएका पुन्जले विभिन्न शास्त्रीय संगीतका कार्यक्रमहरूमा पनि गीत गाउँदै आइरहेका छन ।
पुन्जले आफ्नो पछिल्लो म्युजिक भिडियो ‘अन्तिम इच्छा’मा नायक पुष्प खड्का र नायिका पूजा शर्मालाई जोडी बाँधिदिएका छन् ।
यो जोडीले दर्जन बढी भिडियोमा एकसाथ काम गरिसकेको छ ।गीतमा राजेन्द्र वाइबाको शब्द र संगीत रहेको छ । निकेश खड्काको निर्देशनमा तयार भएको भिडियोमा विकास धमलाले सम्पादन तथा वुद्ध थापाले छायांकन गरेका छन् ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया