थप ४३७ मा कोभिड संक्रमण

काठमाडौं–नेपालमा थप ४ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ५ हजार १ सय ३३ पिसिआर परीक्षणका क्रममा २ सय ७५ जना र ३ हजार ९ सय ५८ एन्टीजेन परिक्षणका क्रममा १ सय ६२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोना कारण ११ हजार ९ सय १३ जनाको मृत्यु भएको छ। त्यस्तै थप २ हजार ४ सय ५४ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ४८ हजार ७ सय ८४ जना निको भएका छन्।
हाल नेपालमा १४ हजार ४ सय ३५ सक्रिय संक्रमित आइशोलेशन र १०९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया