नाग्म-गमगडी सडक स्तरोन्नति हुँदै

खलङ्गा : पर्यटकको आकर्षक गन्तव्यका रुपमा मानिने मुगुस्थित रारा ताल जोडिने नाग्म गमगडी सडकको स्तरोन्नति गर्ने कार्य सुरु भएको छ । सो राजमार्गको ५२ किलोमिटरमा ग्राभेल कार्य सम्पन्न भएको छ । डिभिजन सडक कार्यालय जुम्लाले पछिल्लो समय अलपत्र परेको तल्लो क्षेत्रको ग्राभेल कार्य अगाडि बढाएपछि करिब ५२ किमी ग्राभेल कार्य सकिएको कार्यालयका इन्जिनियर सन्तोष भण्डारीले बताए ।
उनले भने, “जम्मा ९३ किलोमिटर लम्बाइ भएको नाग्म –गमगडी राजमार्गको स्तरवृद्धिका लागि काम भइरहेको छ । जुम्ला र कालीकोटको सीमा नाग्मदेखि हिमा गाउँपालिका क्षेत्रसम्म जोड्ने सडकको काम पनि अहिले भइरहेको छ । ठेक्का लागेर पनि विगत पाँच वर्षदेखि सो सडकको छ किलोमिटरसम्मको काम हुन सकेको थिएन । स्थानीय निर्माण व्यवसायी बलीबहादुर शाहीले सो सडकको निर्माण कार्य गरिरहेका छन् । अब सो काम अन्तिम टुङ्गो लाग्दैछ । सो राजमार्गको विभिन्न स्थानमा गरी अहिले ५२ किलोमिटर ग्राभेल कार्य भइसकेको र अन्य काम अगाडि बढाइने सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर भण्डारीले बताउनुभयो ।”
सो क्षेत्रमा अप्ठ्यारो स्थान निर्माणका लागि अगाडि बढाइएको छ । मुगु जिल्लाको गमगडीबबाट ताल्चासम्मको सड्क कङ्क्रिट सिमेन्टले निर्माण गर्न थालिएको डिभिजन सडक कार्यालय जुम्लाले जनाएको छ ।
नाग्म–गमगडी राजमार्ग स्तरवृद्धिका लागि प्राथमिकताका साथ काम भइरहेको छ । अब काम ढिलाइ नगरी कार्य समयमै सम्पन्न हुने गरी कार्यालय लागि परेको सडक डिभिजन कार्यालय जुम्लाका कार्यालय प्रमुख राजीव श्रेष्ठले बताए । रासस

लहानको मुख्य बजार क्षेत्रमा तत्काल सडक निर्माण गर्न माग

मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

बाँकेमा बस्ती जोगाउन आपतकालीन तटबन्ध

छुआमाखोला बाढीले क्षतिग्रस्त कुलो तथा सडक मर्मत सुरु

कान्तिलोकपथको पहिरो पन्छाइयो

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

प्रतिक्रिया