प्रदेशवासीलाई प्रभावकारी सेवा दिनुपर्छ : मुख्यमन्त्री राउत
जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा निजामती कर्मचारीको संरचनालाई चुस्त एवं प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । प्रदेश निजामती सेवा नियमावलीअन्तर्गत दरबन्दी संरचनाका बारेमा आयोजना गरिएको छलफल कार्यक्रममा मुख्यमन्त्री राउतले धेरै संरचना हुँदा खर्च बढी हुने र अपेक्षाअनुसार परिणाम नदिने भएकाले चुस्तदुरुस्त संरचना बनाएर त्यसमार्फत प्रदेशवासीलाई प्रभावकारी सेवा दिनुपर्ने धारणा व्यक्त गरे ।
उक्त छलफल कार्यक्रमले सङ्गठन तथा दरबन्दी संरचनाको विषयमा प्रतिवेदन तयार पारेर सात दिनभित्रमा मन्त्रिपरिषद्मा पेश गर्न मधेस प्रदेशका मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाको संयोजकत्वमा विभिन्न मन्त्रालयका सचिव रहेको समितिको निर्माण गरिएको दरबन्दी संरचना निर्माण समितिका सदस्य रुपेश साहले जानकारी दिए ।
मधेस प्रदेशमा आठ जिल्ला रहेको र धेरै अनावश्यक निर्देशनालयस्तरको संरचना खडा गरिएका कारणले प्रदेश सरकारको व्ययभार बढेको भन्दै खर्च घटाउन समितिको निर्माण गरिएको प्रमुख सचिव कृष्ण राउतले जानकारी दिए । रासस

टिआइएलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेका छौँः पर्यटनमन्त्री पाण्डे

प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार

‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पु…

'सरकारमाथि चौतर्फी प्रहार भइरहेको छ'

स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज

प्रधानमन्त्री ओली स्वदेश फर्किए

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्ध…

प्रतिक्रिया