संविधान कार्यान्वयनको प्रारम्भिक चरणमै प्रश्न उठ्नु निकै दुःखद् : उपराष्ट्रपति पुन

काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको रक्षाका लागि संविधानको पूर्णपालन र संरक्षण अनिवार्य रहेको बताएका छन् ।
उनले भनेका छन्, 'संविधानको संरक्षण र पूर्णपालनका लागि सबै पक्ष जिम्मेवार भएर आफ्नो कर्तव्य पूरा गर्नुपर्दछ । आफ्नो सात दशक लामो सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गरेको संविधानको रक्षाका लागि जनताले पनि सचेततापूर्वक आफ्नो दायित्व पूरा गर्नुपर्दछ ।'
‘मगर, थारु र छन्त्याललगायतका आदिवासी जनजाति समुदायको सांस्कृतिक चाड एवं नेपालीको महत्वपूर्ण चाड माघेसङ्क्रान्ति/माघेसङ्क्रान्ति/माघी पर्व–२०७७ को अवसरमा मगर, थारु र छन्त्याल समुदायलाई शुभकामना दिँदै उपराष्ट्रपतिले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण रहेको स्मरण गरे ।
नेपालका हरेक समुदायका आआफ्नै मौलिक पहिचान झल्कने भाषा, धर्म, संस्कार, संस्कृति, रीतिरिवाज र धार्मिक एवं सांस्कृतिक चाड छन् । हाम्रो देश सामाजिक सद्भाव र सौहार्दताका लागि विश्वकै नमूना राष्ट्र रहेको उपराष्ट्रपतिको भनाइ छ । विभिन्न समुदायमा मौलिकताका साथ मनाइने चाड नेपालीका साझा चाडपर्व भएकामा जोड दिँदै उपराष्ट्रपतिले आपसी सद्भाव, प्रेम, भ्रातृत्व, सहिष्णुता र एकताको विकास गर्ने विश्वास व्यक्त गरे ।
यस्ता पर्वले पारिवारिक मिलन तथा भावनात्मक एकता गराउँदै आएको यो पर्व यस वर्ष विश्वव्यापी कोभिड-१९ का कारण विगत वर्षजस्तो सामूहिक जमघट गरेर हर्षोल्लासका साथ मनाउन नपाउने भएकाले स्वास्थ्य सुरक्षालाई ख्याल गरेर सबै नेपालीले आआफ्नो घरमा हर्षका साथ मनाउनुहुने विश्वास उपराष्ट्रपतिको छ ।
सातदशक लामो सङ्घर्षपछि प्राप्त गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालाई संस्थागत गरेको संविधानको संरक्षण र पालन हुनुपर्नेमा त्यसो हुन नसकेको भनी प्रश्न उठ्दै र आवाज बढ्दै गएको स्पष्ट पार्दै उपराष्ट्रपतिले नयाँ संविधान कार्यान्वयनको प्रारम्भिक चरणमै यसरी प्रश्न उठ्नुपर्ने अवस्था सिर्जना हुनु ज्यादै दुःखद् कुरा भएको बताए । उनले माघी पर्व २०७७ ले संविधानको संरक्षण, पूर्णपालन, राजनीतिक स्थायित्व र मुलुकको समृद्धिका लागि जिम्मेवार हुन सबै नेपालीलाई प्रेरणा देओस् भन्ने कामना गरे । रासस

उपराष्ट्रपति यादव स्वागत समारोहमा

संसद्लाई अल्झाउँदा लोकतन्त्रलाई नोक्सान पुगेको छः पूर्वप्रधानमन्त्री भट्टराई

सरकारले व्यापार होइन, नियमन गर्ने हो : सभापति देउवा

वाइसीएलका पदाधिकारीद्वारा पदभार ग्रहण

नेपाली बिधार्थीको `जेनेटिक पावर´ सशक्त छ: प्रधानमन्त्री ओली
जनताको राष्ट्रिय भावना बुझ्न एमालेका नेताहरूसँग अनुमति लिन आवश्यक छैनः पूर्वर…

जसपा कर्णाली अध्यक्ष न्यौपानेसहित दर्जनौं नेता माओवादीमा प्रवेश

प्रतिक्रिया