आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

टी २० विश्वकप छनोटः फिलिपिन्सलाई नेपालले दियो २१९काे विशाल लक्ष्य

काठमाडौँ - आइसीसी टी-२० विश्वकपको ग्लोबल क्वालिफायर्सको दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई २१९ रनको विशाल लक्ष्य दिएको छ । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेलालले २० ओभरमा तीन विकेट गुमाएर २१८ रन बनाएको हो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक १०४ रन बनाएर अविजित रहे । दिपेन्द्र सिंह ऐरीले ८६ रन बनाए । सुरुवाती ब्याटिङमा उत्रिएको नेपालका आशिफ शेखले कुनै रन जोड्न सकेनन् भने कुशल मल्ल १२ रन बनाएर आउट भए । त्यस्तै लोकेश बम ६ रनमा अविजित रहे।

नेपालले यसअघि पहिलो खेलमा शुक्रबार आयोजक ओमानलाई ३९ रनले पराजित गरेको थियो । नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको ओमानले १७ ओभरमा सबै विकेट गुमाउनुअघि ७८ रनमात्र जोड्न सक्यो । प्रतियोगिताको फाइलनमा पुग्ने दुई टोलीले अक्टोबरदेखि अस्ट्रेलियामा हुने विश्वकपमा आफ्नो स्थान पक्का गर्नेछन्