भारतीय टेस्ट टिमको कप्तानमा रोहित शर्मा
काठमाडौँ : विराट कोहलीले राजीनामा दिएपछि रिक्त भारतीय टेस्ट टिमको कप्तानमा रोहित शर्मा नियुक्त भएका छन् । बीसीसीआईले बुधबार रोहितलाई टेस्ट टिमको कप्तानमा नियुक्त गरेको हो । यससँगै रोहित भारतीय क्रिकेट टिमको कप्तानमा नियुक्त भएका छन् ।
यसअघि बीसीसीआईले रोहितलाई टी–ट्वान्टी र एकदिवसीय क्रिकेट टिमको कप्तानमा नियुक्त गरिसकेको छ । कोहलीले टी-ट्वान्टी क्रिकेट टिमको कप्तानीबाट राजीनामा दिएका थिए । पछि उनलाई एकदिवसीय टिमको कप्तानीबाट हटाएर रोहितलाई ‘ह्वाइट बल टिम’को कप्तानी बनाइएको थियो ।
दक्षिण अफ्रिका भ्रमणमा भारतले टेस्ट सिरिज गुमाएपछि कोहलीले टेस्ट टिमको कप्तानीबाट अचानक राजीनामा दिएका थिए । बीसीसीआईले रिक्त टेस्ट टिमको कप्तानी रोहितलाई नै सुम्पेको हो । राहुल द्रविड प्रशिक्षक बनेपछि तीन वटै संरचनाको कप्तानबाट कोहली बाहिरिएका छन् भने रोहितलाई कप्तानको जिम्मेवारी दिइएको छ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_1kRTXHuHfw_4lj21vzzpdllzd7atqz8ivzs6fxgn4onyieg9byibska9xhoc4r9dwwxw2nn.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया