एमसीसी अनुमोदन नेपालको सार्वभौम निर्णय : अमेरिका

काठमाडौँ– अमेरिकाले एमसीसी सम्झौताको अनुमोदन नेपालको सार्वभौम निर्णय भएको बताएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन्बिनले अमेरिकाले नेपालमा धम्कीपूर्ण कूटनीति सुरु गरेको भन्दै त्यसको विरोध गर्ने बताए लगत्तै अमेरिकी दूतावासले एमसीसीको अनुदान सहयोग नेपालले लिने या नलिने भन्ने सम्बन्धमा चीन रखवाला बनेकोमा असन्तुष्ट बन्दै विज्ञप्ति जारी गरेको संकेत मिलेको छ ।
अमेरिकाले एमसीसीमा नेपाल एक्लैको निर्णय हुनुपर्ने भन्दै आएको छ । अमेरिका र नेपालले यस वर्ष द्विपक्षीय सम्बन्धको ७५औं वर्षगाँठ मनाएको उल्लेख गर्दै अमेरिकाले यो ७५ वर्षमा नेपालले यादगार परिवर्तनहरू देखेको भन्दै अमेरिकी दूतावासले आज जारी गरेको विज्ञप्तिमा अमेरिका यी परिवर्तनमा नेपालसँग साथ रहेको भन्दै विकास सहायता, विपद् प्रतिकार्य तथा पूर्व तयारी सहयोग, स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग तथा अन्य धेरै क्षेत्रमा सहयोग पुर्याएको उल्लेख गरेको छ ।
नेपाली नेताले एमसीसी सम्झौता अनुमोदन गर्ने वा नगर्ने भन्ने सम्बन्धमा नेपालले एक सार्वभौम प्रजातान्त्रिक राष्ट्रका रूपमा र नेपाल एक्लैले निर्णय लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
एमसीसीमार्फत् नेपाललाई प्रदान गर्न लागिएको ५० करोड अमेरिकी डलर अमेरिकी जनताकोतर्फबाट नेपाली जनताका लागि उपहारको रूपमा उपलब्ध हुन लागेको भन्दै दुई देशबीचको यो साझेदारीले नेपालीको जीवनस्तर सुधार हुनेगरी रोजगारी र पूर्वाधार विकास गर्ने बताइएको छ ।
एमसीसीको अनुदानमा कार्यान्वयन हुन लागेका विद्युत् प्रसारणलाइन र सडक स्तरोन्नति परियोजना नेपाल सरकारको अनुरोध अनुसार नेपाली जनताका लागि गरिबी निवारण र आर्थिक वृद्धिको उद्देश्यले पारदर्शी रूपमा डिजाइन गरिएको अमेरिकी दूतावासले उल्लेख गरेको छ ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रतिक्रिया