इँटाभटामा काम गर्ने आठ वर्षीया बालिकाको मृत्यु

भक्तपुर- भक्तपुुरको सुडालमा भएको दुर्घटनामा परी एक आठ वर्षीया बालिकाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका-८ सुडाल रानीबारीमा इँटाभटामा काम गर्ने विनिता मगरको मृत्यु भएको हो ।
सुडालबाट च्यामासिंहतर्फ आउँदै गरेको बा४ख ७३५२ नम्बरको टिपरले पैदलयात्री काभ्रे महाभारत गाउँपालिका-२ घर भई हाल सुडालस्थित द्यः इँटाभट्टामा काम गर्ने सूर्यबहादुर मगरकी छोरी आठ वर्षकी मगरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको मृत्यु भएको हो ।
उपचारका लागि ख्वप अस्पताल च्यामासिंह भक्तपुर लगेर प्राथमिक उपचारपछि थप उपचारका लागि मध्यपुर अस्पताल ठिमी लगेकोमा उपचारकै क्रममा आइतबार सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
चालक भक्तपुर नगरपालिका-८ जेला बस्ने २७ वर्षका राजेश कुस्मा र दुर्घटनामा संलग्न सवारीसाधन महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरी थप अनुसन्धान भइरहेको जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया