विद्युत नियमन आयोगका पदाधिकारीको विषयमा छानबिन गर्न गठित समितिले बुझायो प्रतिवेदन

काठमाडौँ - विद्युत नियमन आयोगको अध्यक्ष तथा सदस्यको कार्यक्षमताका सम्बन्धमा छानबिन गर्न गठित समितिले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई प्रतिवेदन बुझाएको छ ।
उच्च अदालतका पूर्वमुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेलको अध्यक्षतामा विद्युत नियमन आयोग २०७४ को दफा ९ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्ले २०७८ पुस ८ गते आयोगको अध्यक्ष र सदस्यको कार्यक्षमताका कारण आयोगको काम, कर्तव्य, अधिकार र जिम्मेवारी वहन गर्न नसकेको विषयमा छानबिनका लागि समिति गठन गरेको थियो । समितिको सदस्यमा पूर्व सहसचिव विष्णुबहादुर थापा र पूर्व सुपरिटेन्डेन्ट इन्जिनियर आशिष घिमिरे रहेका थिए।
प्रतिवेदन बुझाउँदै गजुरेलले प्राप्त प्रमाणका आधारमा कानुनअनुसार प्रतिवेदन तयार गरिएकाले सरकारले कार्यान्वयनमा लैजाने विश्वास व्यक्त गरे । त्यस अवसरमा मन्त्री भुसालले सरकारले दिएको जिम्मेवारी पूरा गरेकामा धन्यवाद व्यक्त गर्दै समितिको सुझावलाई कार्यान्वयनमा लगिने विश्वास दिलाइन् ।

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा

सुन तोलाको १ लाख ९० हजार नाघ्यो

केएनपी कारखानाको जापानी राजदूतद्वारा अवलोकन

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

नेप्से परिसूचक सात अंकले बढ्यो, पाँच कम्पनीको मूल्यमा सकरात्मक सर्किट

सुन तोलाको एक लाख ८७ हजार पुग्यो

प्रतिक्रिया