बागमती प्रदेशमा आइसियुको सङ्ख्या बढाइने

मकवानपुरः बागमती प्रदेश सरकारले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि आइसियुको सङ्ख्या बढाउने भएको छ ।
मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार संघीय संसद्को शिक्षा तथा स्वास्थ्य उपसमितिका पदाधिकारीसँग भएको छलफलमा गम्भिर प्रकृतिका बिरामी देखापर्न थालेकोले आइसीयुको सङ्ख्या बढाउनु पर्ने अवस्था आएको बताएका हुन् ।
प्रदेश सरकारले आइसोलेशन कक्षहरुको निर्माण एवं सञ्चालन गरिरहेको उनले जानकारी दिए । कोरोना नियन्त्रणमा सरकार जिम्मेवार भएर लागेको भन्दै मुख्यमन्त्री पौडेलले अन्य जिल्लामा सङ्क्रमण कम भएपनि अहिले काठमाडौँमा कोरोनाले थप सकट उत्पन्न हुन सक्ने सम्भावना देखिएको बताए ।
त्यसतर्फ सचेत हुन संघ, प्रदेश र स्थानीय तहको समन्वय र सहकार्य अनिवार्य रहेको उनको भनाइ छ । पौडेलले काठमाडौँको बढ्दो सङ्क्रमण दर घटाउन प्रदेशले विभिन्न स्थानमा क्वारेन्टाइन र आइसोलेशन निर्माण गरी काम गरिरहेको जानकारी दिए ।
कार्यक्रममा कोरोना सङ्क्रमणका कारण शिक्षा क्षेत्र समस्याग्रस्त बनेको विषयमा छलफल भएको थियो । छलफलका क्रममा समितिका सदस्य जीवनराम श्रेष्ठले शिक्षा र स्वास्थ्यका क्षेत्रमा प्रदेशसँग समन्वय र सहकार्य हुने बताए ।

वीर अस्पतालको सेवा सुधार्न सके स्वास्थ्य क्षेत्रको सुधार हुन्छः स्वास्थ्यमन्त्री पौडेल

मन्त्रालयले सातै प्रदेशमा पठायो रेविजविरुद्धको ५१ हजार भायल खोप

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

प्रतिक्रिया