शुक्रबार ०५ बैशाख, २०८२
Friday, April 18, 2025

बाँकेमा ट्रकले च्यापिएर प्रहरी जवानको मृत्यु

बाँके - बाँकेको कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर चौराहमा आइतबार राति ट्रक पल्टिँदा च्यापिएर डियुटीमा खटिएका प्रहरीजवानको मृत्यु भएको छ । 

मृत्यु हुनेमा प्रहरी चौकी खडैचा दरबन्दी भई हाल ईलाका प्रहरी कार्यालय बाँकेमा कार्यरत ३६ वर्षीया प्रहरी जवान कविता विसी रहेकी छन् । शम्सेरगंजबाट कौशिलानगर बाँकेतर्फ जादै गरेको ना३ख ६४३६ नम्बरको ट्रक कोहलपुर चौराहमा मोड्ने क्रममा पल्टिँदा बिसी च्यापिएकी थिइन् ।

घाइते भएकी वि.सिको उपचारको क्रममा कोहलपुर स्थित नेपालगंज मेडिकल कलेजमा आइतबार राति सवा १० बजे मृत्यु भएको हो । गएराति १० बजे भएको सवारी दुर्घटनालगत्तै फरार भएका ट्रक चालकको खोजी भइरहेको छ ।