डिलरहरूले पेट्रोलको भाउ तत्काल नबढाउने

काठमाडौं : माघ १ देखि पेट्रोलियम डिलरहरूले पेट्रोलियम पदार्थको खुद्रा मुल्य बढाउने भनी गरेको निर्णय फिर्ता लिएको छ । पेट्रोलियम पदार्थको कारोबारमा कमिशन वृद्धि नगरेकव भन्दै उनीलहरूले आफुखुशी पेट्रोलियम पदार्थ लिटरमा ५० पैसा बढाउने चेतावनी दिएका थिए ।
माघ ७ गते केन्द्रीय कार्यसमितिको बैठक बसेर निर्णय गर्ने नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले बताएको छ । लामो समयदेखि निगम तथा सरकारसँग निरन्तर संवाद र विभिन्न प्रकृया पछि पनि आश्वासन मात्र प्राप्त भएको उनीहरूको भनाइ छ । यसअघि माघ १ गतेसम्ममा पनि निर्णय भई लागु नभएमा एशोसिएशनले खुद्रा बिक्री मूल्यमा प्रतिलिटर ५० पैसा थप गरेर बिक्री वितरण गर्ने निर्णय गरेको थियो । पुस २१ मा उनीहरूले यस्तो चेतावनी दिएका थिए ।
कमिशन वृद्धि तथा आन्दोलनका कार्यक्रम सम्बन्धमा छलफल गर्न माघ ७ गते केन्द्रिय कार्यसमितिको बैठक आव्हान गरेकव उसले जानकारी दिएको छ ।

अब नयाँ बानेश्वरमा पनि एचसी आरसी इजुकेशन हब

इनड्राइभः यात्राको भाडा आफैं निर्धारण गर्ने र मनपर्ने चालक रोज्ने स्वतन्त्रतासहित…

एक हप्ता लामो उत्सव र उत्साहजनक सहभागितासँगै यामाहा ब्लू फेस्ट सफलतापूर्वक सम्प…

कमाइको केही प्रतिशत नेपालमा लगानी गर्नुस्, प्रतिफल दिने वातावरण हामी बनाउछौँ…

शुक्रबारको भाउमा सुनचाँदीको मुल्य

विश्वभरिका नेपाली सेफहरू एकजुट, अन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरु…

पर्यटकका पर्खाइमा बयली

प्रतिक्रिया