शुक्रबार ०५ बैशाख, २०८२
Friday, April 18, 2025

दाङमा दुर्घटनापछि सडक अवरुद्ध, ५ राउण्ड अश्रुग्याँस प्रहार

फाइल तस्वीर

दाङ – दाङको लमही–तुलसीपुर सडक खण्डमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मुत्यु भएपछि परिवार तथा आफन्तले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका छन् ।

दुर्घटनामा मृत्यु भएका मोटरसाइकल चालक अर्जुन खड्काको परिवार तथा आफन्तले ट्रक चालकसँगै घटनामा संलग्न अर्को मोटरसाइकल चालकलाई पनि पक्राउ गर्नुपर्ने माग गर्दै अवरुद्ध सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका हुन् । 

अवरुद्ध सडक प्रहरीले खुलाउन खोजेपछि झडप भएको हो । त्यस क्रममा प्रहरीले ५ राउन्ड अश्रुग्याँसमेत प्रहार गरेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ । प्रदर्शनकारीले इलाका प्रहरी कार्यालय गोग्लीको प्रहरी विटमा ताेडफाेड र सडकमा आगो बालेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेकाे हाे । झडप नियन्त्रणका लागि प्रहरीले अश्रुग्याँस हानेको हाे।

सोमबार  विहान भानु चोक नजिकै ट्रकले मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकल चालक स्थानीय १९ वर्षीय अर्जुन खड्काको घटनास्थलमै मुत्यु भएको थियो ।