पुष्प र वर्षाको फिल्म नयाँ वर्षमा

काठमाडौं : पुष्प खड्का र वर्षा सिवाकोटी अभिनित फिल्म ‘मनसँग मन’ नयाँ वर्षको अवसर पारेर प्रदर्शन हुने भएको छ । बिहीबार गीत सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति घोषणा गरेको हो । फिल्म चैत २७ गते सार्वजनिक हुनेछ ।
निर्माण टिमले बिहीबार सार्वजनिक गरेको ‘मेरो त भाग्य’ बोलको गीतमा गीतमा डेभिड शंकर र भावना थापाको स्वर छ । गीतमा दिपक शर्माको संगीत र विपिन किरणका शब्द छन् । गीतको भिडियोलाई सौरभ लामाले खिचेका हुन् भने रामजी लामिछानेले कोरियोग्राफ गरेका हुन् । यो भिडियोमा चलचित्रका मुख्य कलाकार नायक पुष्प खड्का, नायिका वर्षा सिवाकोटीले नृत्य हेर्न सकिन्छ । यस्तै, अतिथी कलाकारको रुपमा चलचित्रको यो गीतको भिडियोमा नायक पल शाह र नायिका पूजा शर्माले नृत्य गरेका छन् ।
गीतको भिडियोमा कलाकारद्धय बुद्दि तामाङ र रविन्द्र झा पनि अटाएका छन् । चलचित्रमा पुष्प खड्का, वर्षा सिवाकोटी, वुद्दि तामाङ लगायतका कलाकारको अभिनय छ । कैलाश राइको निर्देशनमा बनेको चलचित्रमा अरुण तामाङको लगानी छ । सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टको प्रस्तुतिमा यो चलचित्र तयार भएको हो ।

अन्ततः पिके २ मा रणवीर कपुर एलियनको भुमिकामा देखिने पक्का

प्रकृतिमा परेको प्रभाव देखाउने कला प्रदर्शनी

नेटफ्लिक्समा आउँदैछ विश्वमा तहल्का मच्चाउने वेभ सिरिज

कलाकार गुरूङद्वारा कन्यादेवी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

‘महाभारत’ हुने भयो अमिर खानको अन्तिम फिल्म
_S7RlkMCfJH_9mzztrlbc3pseqqmpbbqgiryprwfgm4oue3qhisdu5jbssdalndmmkovt4p0_vDjjB4o4g6_yqd0du0rtivrsgrvsdqgb6mawppt87amtbo45wfmlkbjeabrbwj0apdgitkd_6mRlgE5nuZ_mzabpoyiblt9igbsjfvxcwdeyo5jhpttbbhstyvvbshq0lhz3qxfxqry8utx.jpg)
सहकारी अपचलनसँग सम्बन्धित चलचित्र ‘महाभोज’ प्रदर्शन हुँदै

क्यामरूनको ‘अवतारः ३’ हुनेछ पान्डोराको सुली परिवारको कथा

प्रतिक्रिया