लियोनल मेस्सीको पुनरागमन अन्यौलमा

काठमाडौं : बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कुमनले आइतबार हुने ‘सुपरकोपा डे इस्पना’ को फाइनलका लागि लियोनल मेस्सी उपलब्ध हुने, नहुने बारेमा अहिल्यै केही भन्न नसकिने बताएका छन् । बुधबार भएको रियल सोसिडाडविरुद्धको सेमिफाइनलमा गुमाएका मेस्सी गत हप्तादेखि मैदान बाहिर छन् ।
मेस्सीको शारीरिक अवस्थाका बारेमा क्लबले वा खेलाडीले आधिकारिक रुपमा केही बताइएको छैन । गत हप्ता ला लिगामा ग्रानाडाविरुद्धको खेल दौरान दोस्रो हाफमा मैदान बाहिर निस्केका मेस्सीलाई असजिलो भएको बताइएको थियो ।
मेस्सी कहिले मैदान फर्किने भन्ने बारेमा अन्योल भएपनि बार्सिलोना अझै बलियो नै रहेको कुमनको भनाई थियो । ‘म यो टिम प्रति खुशी छु । मेस्सी सहित केही महत्वपूर्ण खेलाडी घाइते भए पनि हामीले सोसिडाड जस्तो वलियो विपक्षीलाई पराजित गर्न सक्यौं,’ कुमनले भने ।
बार्सिलोनाले सोसिडाडलाई हराउन पेनाल्टी सम्म पुग्नु पर्याे । निर्धारित समयमा दुई टिमले एक–एक गोल गरेपछि खेल पेनाल्टीतर्फ धकेलिएको थियो । पेनाल्टीमा बार्सिलोनाका गोलरक्षक मार्क टेर स्टेगनले सोसिडाडका खेलाडीको दुई पेनाल्टी प्रहार रोकेपछि कयाट्लन क्लबले फाइनलमा आफ्नो स्थान पक्का गर्याे ।

गोधुली रनिङ कपको उपाधि धरान–१४ लाई

लिभरपुलको पुन: जित, ७३ अंकसहित पहिलो स्थानमा

आज आइपीएलका सबैभन्दा महँगा खेलाडी आमुने-सामुने हुने

एनसेल एनएसएल सिजन–३ सुरु, आज बुटबल लुम्बिनी एफसी र झापा एफसीबी भीड्दै

एन्फाको वार्षिक बजेट डेढ अर्ब

टिकटक बन्यो एनसेल नेपाल सुपर लिग सिजन ३ को अफिसियल इन्टरटेनमेन्ट पार्टनर

मुख्यमन्त्री कपकाे उपाधी गुल्मीलाई

प्रतिक्रिया