बतास समूहले पाएकाे अल्पकालीन आदेश खारेज,अब पशुपति धर्मशाला सञ्चालन गर्न नपाउने

काठमाडाैँ – बतास समूहले पाएको अन्तरकालीन अन्तरिम आदेश उच्च अदालत पटानले खारेज गरेकाे छ ।
उच्च अदालतका न्यायाधीश हरिप्रसाद भण्डारी र महेन्द्रनाथ उपाध्यायको संयुक्त इजलासले आज सोमवार अन्तरिम आदेश दिनु नपर्ने निर्णय गर्दै यसअघिको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो ।
केही दिनअघि न्यायाधीश नरीश्वर भण्डारीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको थियो । अदालतकाे उक्त अल्पकालीन अन्तरिम आदेश खारेज गरेकाे हुनाले बतास समूहले अब पशुपति धर्मशाला सञ्चालन गर्न पाउने छैन ।
उच्च अदालतले निवेदकको मागअनुसार अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफल गर्न आज दुवै पक्षलाई बोलाएकोमा सुनुवाइपछि अन्तरिम आदेश दिन नपर्ने भनेको हो । पशुपति धर्मशाला सञ्चालन ठेक्का रद्द गर्ने सरकारको निर्णयविरुद्ध बतास समूहले यसअघि उच्च अदालत मुद्दा दायर गरेकाे थियाे ।

किन सडक मार्गबाटै ल्याइयो हेलिकप्टर ?

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

हिमतालको जोखिम घटाउन जिसिएफको रु पाँच अर्ब अनुदान

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

‘वाटरपार्क’मा पर्यटन प्रवर्द्धन ठप्प

प्रतिक्रिया