अदालतबाट ५१ लाख जरिवाना भएका थापा पक्राउ

काठमाडाैँ – नेपाल प्रहरीले उच्च अदालत पाटनले ५१ लाख जरिवाना ठहर गरेका एकजनालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उच्च अदालत पाटनको विसं २०७८ मङ्सिर ७ को फैसलाअनुसार १५ दिन कैद र बिगोबमोजिम ५१ लाख जरिवाना ठहर गरेपछि फरार रहेका नुवाकोट लिखुका ३७ वर्षीय विनोद थापालाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
ब्यूरोका उपनिर्देशक, प्रहरी उपरीक्षक कमल थापाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी पीडितलाई झुक्यानमा पारेर बैंक अफ काठमाडौँ गोङ्गबु शाखाको चेक दिएर बैङ्किङ कसुर गरेकाले थापालाई काठमाडौँको फुटुङबाट पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ थापालाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत ललितपुर पेस गरिएको प्रहरी उपरीक्षक थापाले बताए ।

भिरबाट लडेर मृत्यु

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

आज चार प्रदेशमा अत्यधिक वर्षा हुने पूर्वानुमान

आज यस्तो छ राशिफलमा तपाईंको भाग्य

‘छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई सुविधामा पुर्नविचार गछौं’

पूर्वतयारी र चुस्त प्रतिकार्यमा ध्यान दिन राजनीतिक दलहरुको सुझाव

खार्पुनाथमा तुइन हटाएर झोलुङ्गे पुल

प्रतिक्रिया