भारतमा १६ हजार कोभिड सङ्क्रमित थपिए

नयाँदिल्ली- भारतमा पछिल्लो २४ घण्टामा १६ हजार ५१ जना कोभिडका नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीले सोमबार बिहान जानकारी दिएका छन् । यसैसँगै भारतमा कोभिड सङ्क्रमण शुरु भएयता हालसम्म चार करोड २८ लाख ३८ हजार ५२४ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ ।
सोही अवधिमा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या भने ३७ हजार ९०१ रहेको छ । एउटै अवधिमा कोभिडबाट नयाँ सङ्क्रमित भएकाको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । भारतमा कोभिडका चार करोड २१ लाख २४ हजार ९८४ जना सङ्क्रमण मुक्त भएका छन् ।
अधिकारीका अनुसार भारतमा अहिले कोभिडबाट सक्रिय सङ्क्रमितको सङ्ख्या दुई लाख २ हजार १३१ रहेको छ । पछिल्लो २४ घण्टामा मात्र २२ हजार ५६ जना सक्रिय सङ्क्रमित घटेका समाचारमा जनाइएको छ ।
कोभिडका कारण भारतमा पछिल्लो एक दिनमा २०६ को मृत्यु भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन । यससँगै भारतमा कोभिड सङ्क्रमणको कारण हालसम्म पाँच लाख १२ हजार १०९ को मृत्यु भइसकेको समाचारमा जनाइएको छ । (सिन्ह्वा)

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया