अहिलेसम्मकै महंगो बजेटमा बन्दै ऋतिक र दीपिकाको ‘फाइटर’

मुम्बई : ऋतिक रोशनको जन्मदिन पारेर सिद्धार्थ आनन्दको निर्देशनमा बन्न लागेको फिल्म ‘फाइटर’को घोषणा गरिएको थियो । फिल्ममा ऋतिकसँगै पहिलो पल्ट दीपिका पादुकोनले अभिनय गर्दैछिन् । दीपिका र ऋतिक जोडी पहिलो पल्ट एकसाथ पर्दामा देखिन लागेको हो ।
यसले यो फिल्मलाई घोषणासँगै विशेष बनाएको छ । तर, यो फिल्म थप विशेष हुन लागेको छ, यो फिल्मको बजेटले । पिंकभिल्लाले लेखेका समाचार अनुसार यो फिल्म २ सय ५० करोडको बजेटमा बन्न लागेको हो । ऋतिकलाई लिएर ‘ब्याङ ब्याङ’ र ‘वार’ जस्तो महंगो फिल्म बनाएका सिद्धार्थले यो फिल्म ‘वार’ भन्दा अगाडि बनाउन चाहेका थिए ।
तर, निर्माता यशराज फिल्मले ‘वार’ बनाउने तयारी गरेपछि सिद्धार्थले पहिले यो फिल्मको काम सकाएका थिए । अहिले भने सिद्धार्थले शाहरुख खान, जोन अब्राहम र दीपिकालाई लिएर ‘पठान’ बनाइरहेका छन् । यो फिल्मको काम सकिएपछि बल्ल ‘फाइटर’को काम सुरु हुनेछ । फिल्ममा ऋतिक रोशन एयरफोर्स पाइलट बन्नेछन् । यही कारण पनि फिल्म महंगो बन्ने प्रक्षेपण छ । फिल्मको सुटिङ भने अर्को वर्षको पनि सेप्टेम्बरबाट मात्र सुरु हुनेछ । यो फिल्मबाट सिद्धार्थ स्वयं पनि निर्माताको रुपमा अघि आउनेछन् ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया