ब्राउन सुगरसहित युवा पक्राउ

नेपालगञ्ज- बाँके प्रहरीले मंगलबार बिहान लागूऔषध ब्राउन सुगरसहित एक जनालाई नेपालगञ्जबाट पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका-१६ चौलिकाचोक नजिकैबाट बर्दिया बढैयाताल गाउँपालिका-१ शान्तिपुरका २४ वर्षीय प्रविण बिसीलाई १५० ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको बाँकेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपाने जानकारी दिए ।
उनका अनुसार सीमा क्षेत्रको निगरानीमा रहेको लागूऔषध नियन्त्रण व्यूरो र जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले बिसीको हिँडाइ शंकास्पद देखेपछि खानतलासी गर्दा ज्याकेटको दाँहिने खल्तीमा तीनवटा प्लाष्टिकमा पोका पारी राखिएको ब्राउनसुगर बरामद भएको हाे ।
प्रहरीले बिसीको साथबाट तीन हजार नगद समेत फेला परेको छ । उनी एक वर्षदेखि लागु औषध सेवन तथा कारोवारमा संलग्न रहेको खुलेको प्रहरीकाे दाबी छ । सीमावर्ती रुपैडिया बजारबाट भारतीय नागरिकलाई चार लाख रुपैयाँ दिएर उनले ब्राउन सुगर भारतीय बजार रुपैडिहामा खरिद गरि काठमाडाैँ पठाउने गरी ल्याएको प्रारम्भिक अनुसनधानबाट खुलेको प्रहरी नायव उपरिक्षक न्यौपानेले जानकारी दिए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया