तमिलमा सुपरहिट ‘मास्टर’ हिन्दीमा रिमेक हुने

मुम्बई : बुधबारबाट भारतमा प्रदर्शन थालेको ‘मास्टर’ हिन्दीमा पनि बन्ने भएको छ । ‘कवीर सिंह’को हिन्दी अधिकार किनेका निर्माता मुराद खेतानी र इन्डेमोल साइनले यो फिल्मको पनि हिन्दी रिमेक अधिकार किनेका हुन् । बुधबारबाट रिलिज भएको फिल्मले महामारीका बावजुद ४० करोडको ओपनिङ गरेको थियो । महामारीसँगै फिल्म रिलिजकै मुखमा अनलाइनमा पनि लिक भएको थियो ।
रिलिज अगावै निर्माताले हिन्दी रिमेक अधिकार खरिद गरेको समाचारमा जनाइएको छ । रिमेक अधिकार महंगो रकममा किनिएको पनि समाचारमा उल्लेख छ ।
तमिल फिल्म तमिलका दुई स्टार ‘मास्टर’मा विजय र विजय सेतुपतिको अभिनय छ ।
हिन्दी रिमेकमा पनि सोही वजनका कलाकार लिने निर्माताको तयारी छ । तर, यसका लागि उनीहरूले कुनै कलाकारसँग कुरा गरेको खबर भने आएको छैन । फिल्म यही वर्षको मध्यबाट फ्लोरमा लैजाने गरी तयारी सुरु गरिएको छ । निर्माताले केही दिनमै निर्देशक र बाँकी जानकारी सार्वजनिक गर्ने जनाएका छन् ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया