आइतबार १८ साउन, २०८२
Sunday, August 03, 2025

ब्याजदर बढाउन माग गर्दै सहकारी महासंघको आन्दोलन

फाइल फोटो

काठमाडौँ : ब्याजदर बढाउनु पर्ने माग राख्दै सहकारी सञ्चालकहरुले आन्दोलन गरेका छन । मंगलबार सहकारी विभाग अगाडि बचत तथा ऋण केन्द्रिय सहकारी महासंघसँग आवद्ध सहकारी सञ्चालकहरुले बैंक तथा वित्तीय संस्थाहरु जस्तै ब्याजदर बढाउन पाउनुपर्ने माग गदै आन्दोलन गरेका हुन । ब्याजदर निर्धारण समितिको बैठकमा ब्याजदर बढाउन दबाब स्वरुप सहकारी विभागलाई ध्यानाकर्षण गराउनको लागि आन्दोलन गरिएको बचत तथा ऋण केन्द्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।

उनले पछिल्लो समय सहकारीहरुमा समेत चरम तरलता अभाव भएकाले तरलता सहज बनाउनको लागि ब्याजदर बढाउन पाउनु पर्ने महासंघको माग रहेको स्पष्ट पारे । कर्मसियल बैंकहरुले अस्वभाविक रुपमा ब्याजदर वृद्धि गर्नाले सहकारीहरुमा असर परेको ढकालले बताए । उनले बैंकहरुको ब्याजदर घटाउनु प¥यो कित विगतमा जस्तै सहकारी आफैलाई स्वविवेकले चल्न दिनु पर्ने जिकिर गरे । वरिष्ठ उपाध्यक्ष ढकालले बैंकहरुका आफ्ना सदस्य छैनन् तर सहकारीका आफ्नै सदस्य रहेको बताए । उनले सरकारले विगतमा जस्तै सहकारीलाई स्वतन्त्र रुपमा चल्ने वातावरण दिने र अर्थतन्त्रको तेस्रो पिल्लरलाई सम्मान गर्नु पर्ने बताए । 

उनले भने ‘ब्याजदरको विषयमा एक किसिमले सम्बन्धित निकायको ध्यानाकर्षण गराउने गरी बचत तथा ऋण सहकारी संघका साथीहरु उपस्थित भएका छौँ । पछिल्लो पटक वित्तीय तरलता सहकारीमा पनि प्रचुरमा देखियो । यति ठूलो कोरोना महामारी, भुकम्प देख्नु भयो यस्तो बेलामा सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुको सेवाको लागि काम गरिहेको परिस्थितिमा जुन विषय सहकारीसँग सम्बन्धित छदै छैन । त्यसलाई अस्वाभाविक प्रक्रियाले सहकारी भित्र पनि तरलता देखियो । जसको प्रत्येक्ष प्रभाव कर्मसियल बैंकहरुसँगको अस्वभाविक ब्याजदर वृद्धि गर्न जो–जो सहभागि हुनुहुन्छ । उहाँहरु दोषी हो भन्ने लाग्छ । त्यसका लागि बैंकहरुको ब्याजदर घटाउनु प¥यो । हिजोकोे जसरी सहकारी संस्थाहरुलाई आफ्नो स्वविवेकले आफ्ना संस्थालाई आफैले सुशासनमा राखेर सेवा दिन व्यवस्था दिनुप¥यो । होइन भने एउटा वित्तीय संस्था जो कर्मसियल बैंकहरु भन्छौंँ । जो आफ्ना ग्राहकसँग काम गर्दछन आफ्ना सदस्य पनि होइनन् । जसको मुनाफा शेयर होल्डसँग प्रत्येक्ष प्रभाव परेको हुन्छ ।’

उनले अगाडि भने, ‘हामी सहकारी संस्थाहरु जो सदस्य केन्द्रित काम गछौँ । हाम्रो स्वर्स भनेका सदस्य हुन । सदस्य मार्फत संकलन भएको पुँजी बैंकहरुले आफ्नो अनकुता अनुसार ब्याज वृद्धि गर्न पाउने बैंकर्स एशोसिएशन मार्फत समेटिने तर हामी संविधानले अर्थतन्त्रको तेस्रो पिल्लर भनेर राखेको सहकारी क्षेत्र अरुको घेराबन्दीमा पर्नुपर्ने । अरुको कारणले यस्तो प्रेसरको काममा उत्रन बाध्य हुनु पर्ने अवस्था फेरी पनि नदोहोरीउन । सरकारले अथवा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने गरी उपस्थित भएका छौँ । आज १ बजे ब्याजदरको समितिको बैंठक बस्दै छ । विगतमा जस्तै सहकारीलाई स्वतन्त्र रुपमा चल्ने वातावरण दिने र अर्थतन्त्रको तस्रो पिल्लरलाई सम्मान र प्रमाणित गर्ने गरी साथीहरुको एकतावद्ध सहितको ध्यानाकर्षण हो । हामीले हाम्रो सदस्यबाट बचत संकलन गरेर सदस्यको लागि काम गरेका छौँ । त्यसमा हाम्रो माग पुरा हुन्न भन्ने कुरा हुन्छ र जसले गरेको हो त्यसको निकास दिनुप¥यो । सहकारीको क्षेत्रमा झण्डै ८० हजार यो क्षेत्रमा काम गर्ने प्रत्यक्ष रोजगारीका साथीहरु छन । सहकारीका प्रत्यक्ष १० लाख सदस्य रहेका छन। समग्र गरेर ६६ लाख सहभागिता रहेको क्षेत्र छ । उहाँको माग सम्बोधन नगरेर नागरिकका नियमित कुरालाई पनि अपमान गर्ने काम गर्नु जाहेज हुँदैन ।’  

वरिष्ठ उपाध्यक्ष ढकालले सहकारीहरुले आफ्ना सदस्यहरुबाट बचत संकलन गरेर १० लाख सदस्यहरुलाई सेवा दिइरहेको दाबी गरे । उनले सहकारीको क्षेत्रमा प्रत्यक्ष रुपमा ८० हजार बढीलाई रोजगारी दिइरहेकाले महासंघको माग तत्काल सम्बोधन हुनु पर्ने बताए । 

कुमारी बैंकको अगुवाईमा ४१ अर्ब ६० करोडको लगानीमा माथिल्लो सेती जलविद्युत आयोजना (२१६ मेगावाट) को वित्तीय व्यवस्थापन सम्पन्न

कुमारी बैंकको अगुवाईमा ४१ अर्ब ६० करोडको लगानीमा माथिल्लो सेती जलविद्युत आय…

माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी

माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी

एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ति सैलुनमा १० प्रतिशत छुट पाउने

एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ति सैलुनमा १० प्रतिशत छुट पाउने

सिद्घार्थ बैंकका ग्राहकहरुलाई सारंग हेल्थ केयरमा १० प्रतिशत सम्मको छुट

सिद्घार्थ बैंकका ग्राहकहरुलाई सारंग हेल्थ केयरमा १० प्रतिशत सम्मको छुट

सानिमा बैंकको अन्तरबैंक टेलर क्युआर कारोबार सेवा सञ्चालन

सानिमा बैंकको अन्तरबैंक टेलर क्युआर कारोबार सेवा सञ्चालन

एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा २० प्रतिशत छुट पाउने

एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा २० प्रतिशत छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १०% छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १०% छुट

एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसबीच आँखा उपचारमा सहकार्य, डिजिटल भुक्तानीमा आकर्षण छुट

एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसबीच आँखा उपचारमा सहकार्य,…