एन्डी मुरेको अस्ट्रेलियन ओपन सहभागिता अन्यौलमा

काठमाडौं : बेलायती टेनिस खेलाडी एन्डी मुरेको अस्ट्रेलियन ओपनको सहभागिता अन्यौलमा परेको छ । मुरे कोभिड-१९ (कोरोना भाइरस) संक्रमणमा परेपछि फेब्रुअरी आठबाट सुरु हुने प्रतियोगितामा सहभागी हुने वा नहुने भन्नेमा अन्यौलता छाएका हो ।
अस्ट्रेलियन ओपन आयोजकले प्रतियोगितामा सहभागी हुने खेलाडीहरूका लागि चार्टर फ्लाइटको व्यवस्था गरेपनि मुरे बेलायतमै रहेपछि उनको सहभागिताबारे प्रश्न उठेको बेलायतको दी टेलिग्राफ अखबारले लेखेको छ । मुरे हाल आफ्नै घरमा आइसोलोसनमा बसिरहेको बताइएको छ । तीन पटक ग्रान्डस्लाम जितेका मुरेको स्वास्थ्यमा कुनै समस्या नदेखिएकाले उनी ढिलै भएपनि अस्ट्रेलियन जान चाहिरहेको अखबारले दाबी गरेको छ ।
अस्ट्रेलियन ओपनमै भाग लिनका लागि तयारी अवस्थामा रहन मुरेले अमेरिका भइरहेको डेलरे बीच ओपनमा भाग लिएका थिएनन् । तर अचानक कोरोना संक्रमणमा परेपछि मुरेले अंग्रेजी वर्षको पहिलो ग्रान्डस्लाम पनि गुमाउन सक्ने सम्भावना बढेको छ । पूर्व विश्व नम्बर एक मुरेलाई अस्ट्रेलियन ओपनका लागि वाइल्ड कार्ड प्रदान गरिएको थियो । पाँच पटक प्रतियोगिताको फाइनल पुगे पनि उनी सधैं उपाधि उचाल्नबाट सधैं बञ्चित रहँदै आएका छन् ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया