गम्भीर प्रकृतिका कोभिड संक्रमित कुन प्रदेशमा कति छन् ?

काठमाडौँ- देशभर गम्भीर प्रकृतिका कोभिड-१९ संक्रमित १ सय ३४ जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आइसीयूमा ११५ र भेन्टीलेटरमा १९ जना उपचाररत छन् ।
प्रदेश १ मा आईसीयूमा ८, भेन्टीलेटरमा २, संस्थागत आइसोलेसनमा २५, होम आइसोलेसनमा १ हजार ३९२ र मृत्यु १ हजार ७१२ जनाको भइसकेको छ । मधेस प्रदेशमा आईसीयूमा २,संस्थागत आइसोलेसनमा ३, होम आइसोलेसनमा १ हजार १२१ र मृत्यु ७८५ जनाको भएको छ ।
मन्त्रालयकाअनुसार बागमती प्रदेशमा आईसीयूमा ९०,भेन्टीलेटरमा १५, संस्थागत आइसोलेसनमा २५६, होम आइसोलेसनमा ४ हजार ७७४ र मृत्यु ५ हजार १५९ भएको छ ।
गण्डकी प्रदेशमा आईसीयूमा १, भेन्टीलेटरमा १, संस्थागत आइसोलेसनमा १३, होम आइसोलेसनमा ८८१ र मृत्यु १ हजार ४२२ जनाको भइसकेको छ । लुम्बनी प्रदेशमा आईसीयूमा ७, संस्थागत आइसोलेसनमा ३७, होम आइसोलेसनमा १ हजार २१३ र मृत्यु १ हजार ८६० जनाको भएको मन्त्रालयले प्रस्ट पारेको छ ।
कर्णाली प्रदेशमा आईसीयूमा १, संस्थागत आइसोलेसनमा ५, होम आइसोलेसनमा १७१ र हालसम्म ४८२ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेशमा आईसीयूमा ६, भेन्टीलेटरमा १, संस्थागत आइसोलेसनमा ४१, होम आइसोलेसनमा ७९७ र मृत्यु ५०८ जनाको भएको मन्त्रालयले जानकारी दिएको छ ।

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

प्रतिक्रिया