टिकटकले बजार खोसेपछि मेटाको नयाँ कदम

काठमाडौँ - फेसबुक मातृ कम्पनी मेटाले विश्वभरका प्रयोगकर्ताका लागि रिल्स (टिकटक जस्तै) फिचर सार्वजनिक गरेको छ । मेटाले विश्वका १५० भन्दा बढी देशमा रहेका आईओएस र एन्ड्रोइड प्रयोगकर्ताका उपलब्ध गराउन लागेको हो ।
टिकटकले भिडियो बजारमा आफ्नो पकड मजबुत बनाएपछि फेसबुकले सो कदम चालेको हो । केही समयदेखि फेसबुकका प्रयोगकर्ता र सेयरमा निरन्तर गिरावट आइरहेको छ । यसबाट पार पाउनको लागि फेसबुकले नयाँ फिचर विश्वभर उपलब्ध गराउन लागेको हो । हाल विश्वमा सबैभन्दा धेरै समय प्रयोगकर्ताले टिकटकमा बिताउने गरेका छन् ।
फेसबुकमा यो फिचर ल्याउने क्रममा सामाजिक सञ्जालको महारथी कम्पनीले नयाँ एडिटिङ फिचरका साथै विज्ञापनको विकल्प समेत समावेश गरेको छ । हुन त यसमा रहेका अधिकांश फिचर यसअघि अमेरिकासहितका ५० देशमा देशमा उपलब्ध थिए ।
यसमा पनि टिकटकमा जस्तै फिचरहरू रहेको टेक क्रन्चले उल्लेख गरेको छ । फेसबुक रिल्समा मनिटाइजेसन अर्थात विज्ञापन राखेर समेत आम्दानी गर्न सकिने फिचर थप गर्ने भएको छ । जसमा दुई नयाँ शैली अपनाइनेछः जसमा पहिलो फेसबुक रिल्सको तल्लो भागमा अर्ध पारदर्शी तहको रुपमा ब्यानर विज्ञापन रहनेछ ।
अर्को चाहिँ स्टाटिक स्टिकर विज्ञापन हुनेछ, यसलाई चाहिँ ‘इन-स्ट्रिम एड’ उपलब्ध भएका देशमा रहने क्रियटर आफैँले अन्यत्र राख्न सक्नेछन् । प्रयोगकर्ताले आगामी सातामा रिल्सलाई स्टोरी, वाच ट्याब लगायत फेसबुकका अन्य स्थानमा समेत सेयर गर्न सक्नेछन् ।
कम्पनीले रिल्सको सफलता झल्काउने कुनै पनि तथ्याङ्क हालसम्म बाहिर ल्याएको छैन । मेटा स्न्यापच्याटको स्टोरी इन्स्टाग्राममा कपी गर्ने लगायतका कार्यमा सफल रह्यो । तर टिकटकलाई चुनौती दिन भन्दै फेसबुकले ल्याएको रिल्सको भविष्य के हुन्छ, त्यो चाहिँ अझै अनिश्चित नै छ । टिकटकमा अभ्यस्त भैसकेका प्रयोगकर्तालाई फेसबुक रिल्समा ल्याउन निकै कठिन हुनेछ यसमा मेटा कतिको सफल हुन्छ त्यो भने हेर्न बाँकी छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया