शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

एमसीसीविरुद्ध बानेश्वरमा मसाल जुलुस (फाेटाे फिचर)

काठमाडाैँ – अमेरिकी अनुदान एमसीसीको विरोधमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले काठमाडौंमा मसाल जुलुस निकालेका छन् ।  

एमसीसी राष्ट्रघाती भएको र यसलाई सदनबाट पारित गर्न लागिएको भन्दै उनीहरुले नयाँ बानेश्वरमा मसाल जुलुस निकालेका हुन् ।

एमसीसी मुर्दावाद नारा लगाउँदै उनीहरुले मसाल जुलुस निकालेका थिए ।  माओवादीले यथास्थितीमा एमसीसी पारित हुन नसक्ने बताउँदै आएको छ ।