एमसीसीविरुद्ध भएको सडक जनमत संग्रहमा सांसदले पनि गरिन् मतदान

विराटनगर - संघीय संसदकाे प्रतिनिधिसभामा टेबुल भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल (क्रान्तिकारी) ले बुधबार आयोजना गरेको मतदानमा प्रदेश १ की एक सांसदले समेत मतदान गरेकी छन् ।
प्रदेश १ का १४ वटै जिल्लामा आयोजना गरिएको सडक जनमत संग्रह अन्तरगत मोरङको विराटनगरमा गरिएको मतदानमा नेकपा एकीकृत समाजवादीकी सांसद सावित्रीकुमारी रेग्मीले मतदान गरेकी हुन् ।
क्रान्तिकारीले यथास्थितिमा एमसीसी पास गर्ने वा नगर्ने भन्ने बिषयमा आयोजना गरेको सडक मतदान जनमत संग्रहमा प्रदेश १ का १४ जिल्लाका १७ स्थानमा मतदान भएको जनाइएको छ ।
मतदानमा कुल २ हजार ५८८ मत खसेको जनाइएको छ । जसमध्ये एमसीसी पास गर्नुपर्छ भन्नेमा १८३ मत र यथास्थितिमा पास गर्नु हुँदैन भन्नेमा २ हजार ३१० मत खसेको अखिल (क्रान्तिकारी) प्रदेश १ का प्रमुख सचिव जिसस न्यौपानेले जानकारी दिए ।
यथास्थितिमा एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषयमा नागरिकहरुको राय बुझ्न जनमत संग्रह गरिएको उनले बताए । मतदानमा माओवादी निकटका विद्यार्थी नेता कार्यकर्ताहरुसहित सर्वसाधारणले पनि सहभागी भएका थिए ।
मतदानका लागि निर्वाचनको प्रक्रिया नै अपनाएर मतपत्र समेत तयार गरिएको थियो । विराटनगरको ट्राफिक चोकमा गरिएको मतदानमा २२५ मत खसेको थियो ।
जसमध्ये एमसीसी पास गर्नुपर्ने पक्षमा २७ र पास गर्नु हुँदैन भन्ने पक्षमा १६९ मत खसेको छ ।
२९ मत बदर भएको न्यौपानेले बताए । जिल्लाहरुमा गरिएको मतदानको परिणामलाई सवै जिल्लाले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत बिहीबार प्रधानमन्त्री र सभामुखलाई ध्यानाकर्षणका लागि पठाउने तयारी गरेको न्यौपानेले बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया