अपहरण गरेको नाटक गर्ने व्यक्ति नियन्त्रणमा

कैलाली- अज्ञात व्यक्तिले अपहरण गरी बन्धक बनाई राखेको भनी परिवार र प्रहरीलाई झुक्याउने एक जनालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ ।
डोटीको आदर्श नगरपालिका–३ घर भई हाल धनगढी उपमहानगरपालिका–५ हसनपुर बस्ने रघुनाथ ओझालाई धनगढी–१ बाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्र्रकाश जोशीले जानकारी दिए ।
प्रनाउ जोशीका अनुसार निज ओझाले आफू अध्ययनरत रहेको स्थान जिल्ला चितवनबाट दाइको बिहेमा जानु छ भनी गत माघ २० गते चिवतनबाट घरपरिवारलाई खबर गरेको र सोही मितिबाट सम्पर्कविहीन रहेको अवस्थामा घरपरिवारसँग म्यासेन्जरमा भिडियो कल गरी आफूलाई अज्ञात व्यक्तिले अपहरण गरी बन्धक बनाएको भनि झुटो बहाना गरेका थिए ।
घरपरिवारको समन्वयमा अनुसन्धान हुँदै जाँदा निज व्यक्ति सोही मितिमा आफ्नो प्रेमिकासँग नारायणघाटबाट बुटवल हुँदै पोखरा गएर बसेको देखिएको र आफ्नो साथमा रहेको रकम सकिएपछि पोखराबाट घरतर्फ आएको देखिएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । रासस

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

प्रतिक्रिया