प्रतिनिधि सभा विघटनविरुध्दको मुद्दा वृहत् पूर्ण इजलासमा जाला ?

काठमाडौं : प्रतिनिधि सभा विघटनविरूध्द परेका रिटमाथि शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । बुधबारको बहस मुख्य विषयवस्तुमा प्रवेश नै नगरी सकिएको थियो ।
रिट निवेदकतर्फका अधिवक्ताले यो मुद्दालाई पूर्ण बृहत् इजलासमा लैजानुपर्ने माग गरिरहेका छन् । त्यस्तै सरकार पक्षले यो मुद्दालाई संवैधानिक इजलासमै राख्नुपर्ने माग गरिरहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा भंग गरी आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेका थिए । राष्ट्रपति भण्डारीले सोही दिन ओलीको सिफारिस सदर गरेकी थिइन् ।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीविरुध्द रिट दायर गर्नेहरुमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कन्चनकृष्ण न्यौपाने, लोकेन्द्रबहादुर ओलीलगायत छन् । पुस ७ गते नेकपाका सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले पनि संसद विघटनविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्षताको संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल सिन्हा, सपना प्रधान मल्ल र तेजवहादुर केसी सदस्य छन् ।
बुधबारको सुनुवाइमा प्रारम्भीक बहस सकिएको छ । अब इजलासलाई संवैधानिक इजलासमै राख्ने कि वृहत् पूर्ण इजलासमा लग्ने भन्ने निर्णय न्यायाधीशकै हातमा छ । प्रधानन्यायाधीश जबरा नेतृत्वको इजलासले यो मुद्दाको प्राविधिक पाटो शुक्रबार नै टुंग्याउन सक्छ । प्राविधिक पाटोको टुंगो नलगाएर बहसलाई लम्ब्याउन पनि सक्छ ।

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

पाँच हजार अमेरिकी डलर बराबरको मुद्रा भारतबाट ल्याउन सक्ने व्यवस्था छः अर्थमन्त्र…

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको छः अर्थमन्त्री पौडेल

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

प्रतिक्रिया