झण्डै ५ महिनापछि गण्डकी प्रदेशसभाको बैठक

पोखरा- बैठक स्थगित भएको झण्डै ५ महिनापछि गण्डकी प्रदेशसभाको अर्को बैठक फागुन २६ मा बस्ने भएको छ ।
प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको परिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७४ लाई संसोधन गर्न बनेको विधेयक गत असोज ५ गते पारित भएसँगै प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।
फागुन ९ गते बसेको मन्त्री परिषद् बैठकमा २६ गते विधेयक अधिवेशन गर्ने निर्णय अनुसार प्रदेशसभा सचिव हरिराज पोखरेलले प्रदेश राजपत्रमा सुचना प्रकाशित गरेसंगै बैठक बस्ने निश्चित भएको बताए । बैठकमा सरकारले आमसञ्चार विधेयक, बालबालिका सम्बन्धि विधेयकहरु ल्याउने तयारी गरेको छ ।
कोरोनाका कारण यो भन्दा अघि पोखरा सभागृहमा बैठक भएको थियो। अब हुने हिउँदे अधिवेशन पोखरा ३ नदिपुरस्थित प्रदेशसभा भवनमै हुनेछ ।

माझफाँट–लेकफाँट सडक कालोपत्र

जलजलाको आफ्नै भवनबाट कार्यालय सञ्चालन

करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य

प्रतिक्रिया