रियललाई हराउँदै एथ्लेटिको बिल्बाओ सुपर कपको फाइनलमा

काठमाडौं : स्पेनिस महारथी रियल मड्रिडलाई हराउँदै एथ्लेटिको बिल्बाओ सुपर कपको फाइनल पुगेको छ । बिहिबार राति भएको दोस्रो सेमिफाइनलमा रियललाई २-१ गोल अन्तरले हराउँदै बिल्बाओले सुपर कपमा बार्सिलोनासँगको उपाधि भिडन्त पक्का गरेको हो ।
बिल्बाओका लागि दुवै गोल राहुल गार्सियाले गरे । रियलका करिम बेन्जिमाले एक गोल फर्काए । बुधबार भएको पहिलो सेमिफाइनलमा बार्सिलोना रियल सोसिडाडलाई पेनाल्टी सुटआउटमा हराउँदै फाइनलमा पुगेको थियो । फाइनल खेल आइतबार हुनेछ । (अन्तराष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

नयाँ वरीयतामा पनि नेपाल १७ औं स्थानमा यथावतै, श्रीलंका र वेष्ट इन्डिज खस्के

त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु

प्रतिक्रिया