अन्तिम कारोबारको दिन नेप्सेमा उल्लेख्य गिरावट

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको अन्तिम कारोबारको दिन बिहीबार उल्लेख्य गिरावट आएको छ । सेयर बजारमा आज ५९ अंकले गिरावट आएको हो ।
बुधबार १५ अंकले घटेको बजार आजको कारोबारमा भने उलेख्य रूपमा घटेको हो । एमसीसीले अस्थिर राजनीतिक अवस्था, तरलताको समस्या जस्ता कुराले क्रमश: गिरावट आएको बजार बिहीबार पनि उलेख्य गिरावट देखिएको हो । कारोबारको सुरुवातदेखि नै गिरावटतर्फ देखिएको थियो जुन बजार बन्द हुनेबेलासम्म कायम रह्यो । नेपालसँगै अन्तर्राष्ट्रिय सेयर बजारमा समेत उच्च गिरावट देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा युक्रेन-रुस तनावको असर सेयर बजारमा परेको छ ।
बिहीबार नेप्सेमा ५८.९९ अंकले गिरावट आएको हो । बिहीबार २७२०.४४ अंकबाट सुरु भएको परिसूचक बिन्दु बजार बन्द हुने बेला २६६१.४४ अंकमा ओर्लिएको छ ।
आजको कारोबारमा सेयर बजार परिसूचक २.१७ प्रतिशतले घटेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स १०.३६ अंक अर्थात २ प्रतिशतले घटेर ५०७.५८ अंकमा ओर्लिएको छ ।
साताको अन्तिम कारोबारको दिन आज २२९ कम्पनीको ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार १ सय ९२ रूपैयाँ बराबरको ८४ लाख ९० हजार ६ सय ८९ कित्ता सेयर ६५ हजार ११ पटक खरिद बिक्री भएको छ ।
उल्लेख्य रूपमा बजार घट्दा आज कारोबार भएका कम्पनीहरूमध्ये ६ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ८५ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज कारोबार उच्च हुने कम्पनीहरूमा हिमालय जनरल इन्सोरेन्स, सनराइज फस्ट म्युचल फण्ड, एनआइबीएल समृद्धी फण्ड, सिभ श्री हाइड्रो पावर, नबिल इक्युटी फण्ड लगायत छन् ।
समूहगत परिसूचकतर्फ १३ ओटै समूहको सेयर मूल्य घटेका छन् । समूहगत परिसूचकमा आज फाइनान्स समूहका सेयरधनीले गुमाएका छन् । फाइनान्स समूह ३.०१ प्रतिशतले घटेको छ । त्यस्तै जीवन बीमा समूह २.८६ प्रतिशत, लगानी समूह २.२९ प्रतिशत, अन्य समूह २.७५ प्रतिशत, जलविद्युत क्षेत्र २.६९ प्रतिशतले घटेको छ ।
आज सर्वाधिक गुमाउने कम्पनीहरूमा युनिभर्सल पावर कम्पनी, न्यादी हाइड्रो पावर, नयाँ सारथी लघुवित्त, सिद्धार्थ इन्सोरेन्स , ग्रीन लाइफ हाइड्रो पावर लगायतका कम्पनी रहेका छन् ।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री…

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ?

विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौंमा खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्…

मौद्रिक नीति सार्वजनिक : शेयर धितो कर्जा २५ करोड, घर कर्जा ३ करोड

मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आर्जन

प्रतिक्रिया