हुस्सुले विमानस्थल ठप्प, यात्रु जाडोले 'कक्रक्क' !

काठमाडौं : बाक्लो हुस्सु र चिसोका कारण हवाई उडानमा प्रत्यक्ष असर पर्न थालेको छ । पछिल्लो एक हप्तामा बाक्लो हुस्सुले गर्दा काठमाडौं उपत्यकाबाट हुने आन्तरिक उडानहरू प्रभावित भइरहेका छन् । शुक्रबारका उडानहरू भने बिहानैदेखि ठप्प भए ।
काठमाडौंसँगै तराईका जिल्लामा झन् बाक्लो हुस्सुले गर्दा आन्तरिक उडान ठप्प भएका हुन् । उडान ठप्प हुँदा बिहानैदेखि विमानस्थल पुगेका यात्रु भने चिसोले 'कक्रक्क' परेर बस्न बाध्य छन् । तराईका विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढी लगायतका विमानस्थलमा बाक्लो हुस्सु लागेको छ ।
उपत्यकाबाट उड्न मिल्ने भएपनि तराईका जिल्लामा बाक्लो हुस्सु लागेका कारण उडान हुन नसकेका त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
‘काठमाडौंमा हुस्सु लागेपनि तराईका विमानस्थलमा अवतरण हुन नसक्ने भएपछि उडान रोकिएको हो’, विमानस्थलका एक कर्मचारीले इकागजसँगको टेलिफोन कुराकानीमा भने,‘हुस्सुले गर्दा एक हप्तायता आन्तरिक उडान प्रभावित भइरहेका छन् ।’
तराईका सबैजसो विमानस्थल हुस्सुले गर्दा ठप्प छन् । यद्यपी पहाडी र हिमाली जिल्लाका लागि हुने उडान भने भइरहेका छन् । काठमाडौं विमानस्थलबाट शुक्रबार बिहान लुक्लाका लागि दुईवटा उडान भएका छन् । लुक्लाका लागि बिहानै तारा र समीट एयरले उडान भरेका छन् । हिमाली जिल्लामा मौसम केही खुलेपनि तराईमा बाक्लो हुस्सुका कारण उडान तथा अतवरण प्रभावित भइरहेको छ । जसले यात्रु भने दैनिक मारमा परिरहेका छन् ।

मणिमुकुन्द सेन उद्यान बुटवल क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य

उपल्लो मुस्ताङ पुगेका विदेशी पर्यटकबाट २९ करोड राजस्व

मनसुन याममा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

खड्गभवानी कोत आन्तरिक पर्यटकको आकर्षक गन्तव्य

ढोरपाटन एक वर्षमा पुगे २३ हजार पर्यटक

अब क्यूआर कोडमा पचाल झरना

नागरिक उड्डयन प्राधिकरणले ल्यायो ३१ अर्बभन्दा बढी बजेट

प्रतिक्रिया