सुखद अन्त्यको लक्ष्यमा बीबीसी

काठमाडौँ- सहिद स्मारक 'ए' डिभिजन लिगमा आज (शुक्रबार) दुई खेलहरू हुँदैछन् । चारै टोलीले यस सिजनको अन्तिम खेल खेल्दैछन । दुवै खेल दिउँसो १ बजे सुरु हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जावलाखेल युथ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुबै टोली सुखद अन्त्य गर्न चाहन्छन् । जावलाखेल १२ खेलमा १३ अंक जोडेर दशौँ स्थानमा रहेको छ । संकटा १२ खेलमा १५ अंक जोडेर सातौं स्थानमा छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले थ्री स्टार क्लबको सामना गर्नेछ । बीबीसी भने थ्री स्टारमाथि जितसहित शीर्ष डिभिजनमा आफ्नो अन्तिम खेल यादगार बनाउन चाहन्छ । क्लब यसअघि नै दोस्रो डिभिजनमा घटुवा भइसकेको छ ।
बीबीसी १२ खेलमा सात अंक जोडेर १३ औं स्थानमा रहेको छ । थ्री स्टार १२ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

प्रतिक्रिया