कोभिड–१९ विरुद्धको नेपाली औषधि तेश्रो चरणको परीक्षणमा

काठमाडौं : स्वदेशी औषधि कम्पनीले उत्पादन गरेको एउटा औषधी ‘फाभीपीराभीर’ (फाभिर २००) तेश्रो चरणको चिकित्सकीय परीक्षण (थर्ड फेज क्लीनिकल ट्रायल) मा प्रवेश गरेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रयोजनमा देउराली जनता फर्मास्युटीकल्सले उत्पादन गरेको उक्त औषधिको तेश्रो चरणको क्लिनिकल ट्रायल सुरु भएको हो ।
यसमा संलग्न चिकित्सकहरुले यो औषधि ‘भाइरल लोड’ घटाउन निकै प्रभावकारी भएको बताएका छन् । तेश्रो चरणको परीक्षण कम्तीमा एक महिना लाग्छ । यसमा झण्डै पाँच सय व्यक्तिमा परीक्षण हुनेछ । कोभिड–१९ का जटिल बिरामीमात्र होइन, लक्षण देखिने वित्तिकै यो औषधी प्रयोग गर्दा भाइरल लोड कम भएर संक्रमितहरुले सहज महशुष गर्ने गरेको प्रतिक्रिया पाएको औषधी उत्पादक देउराली जनता फर्मास्युटीकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माले बताए ।
‘यसको क्लीनिकल ट्रायल वैशाखदेखि नै सुरु भएको हो,’ उनले भने, ‘अब हामी तेश्रो चरणको परीक्षणमा आइपुगेका छौं र सकारात्मक नतिजाहरु पाइएका छन् ।’
औषधि परिक्षण गर्दा यसले बिरामीहरुलाई तत्कालै आराम भएपनि दीर्घकालीन ‘साइड इफेक्ट’हरु समेत देखिने हुँदा यसको परिक्षण र विस्तृत अनुसन्धान हुनुपर्छ । तेश्रो चरणको परीक्षणसँगै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँग मान्यता लिन पहल शुरु गरिनेछ ।
अहिले संसारभर नै कोभिड–१९ विरुद्धको खोप (भ्याक्सिन) परिक्षण गर्न धेरै देशहरु र स्वतन्त्र संस्थाहरुले पहल गर्दै आएका छन् । कोभिड–१९ विरुद्ध नेपालले परीक्षण गरिरहेको जस्तै खाने औषधीको जापान, टर्की, भारत लगायत देशले पनि परिक्षण गरिरहेका छन् । कोभिड–१९ विरुद्धको भ्याक्सिन रुसले भने आमरुपमा उत्पादन गर्न थालिसकेको छ । तेश्रो चरणको परीक्षणमा स्थापित मापदण्ड पुरा नगरेको भन्दै रुसको ‘स्पुतनिक फाइभ’ भ्याक्सिनलाई डब्लुएचओले मान्यता दिएको छैन ।
डब्लुएचओबाट मान्यता पाएमा नेपालमा उत्पादित औषधीको विश्वव्यापी माग हुनसक्छ ।
भारतमा कोभिड देखिएपछि पर्सामा सतर्कता अपनाइने

सुर्तीजन्य पदार्थ नियन्त्रणमा स्थानीय सरकार जिम्मेवार बन्नुपर्ने

न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल प्रथम

दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवकको मिर्गौला र कलेजोबाट दुई जनाले पाए …

अब आँपको दाना नफाल्नुहोस्, यसवाट मिल्नेछ ५ फाईदा

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

प्रतिक्रिया