सरकार जनताको मालिक होइन, सेवक बनोस्ः ओली

पाेखरा- नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकार जनताको मालिक नभई सेवक बन्नुपर्ने बताएका छन् । गण्डकी प्रदेशमा आयोजित अगुवा पार्टी भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले शासक नभइ सेवकको भूमिकामा सरकार बस्नुपर्ने बताएका हुन् ।
नेपालमा अब समान सुविधा सबै जनताले पाउने गरी काम गर्नुपर्ने ओलीले बताए । शिक्षा, स्वास्थ्य र अन्य आधारभूत सेवामा कोही पनि छुट्नु नहुने भन्दै समुचित विकास गर्नुपर्ने बताए । यसका लागि ओलीले अरु पार्टीमा अलमलिएर बस्नुको सट्टा नेकपा एमालेमा प्रवेश गरी देश विकासमा लाग्नुपर्ने बताए ।
स्वास्थ्य, योग, ज्योतीष विज्ञान, शल्यक्रिया नेपालबाट सुरु भएको ओलीले बताए । वेद नेपालमै लेखिएको र लेखिनु अघि नेपालकै भूमिमा श्रुतीका रुपमा रहेका उनले बताए । ‘हाम्रा अभिभावक अन्वेषक थिए, आविष्कारक थिए । हामी त्यस्ताका सन्तान हौं, केही कारणले आज हामी केही शताब्दि पछाडि पर्यौं,’ ओलीले भने ।

माझफाँट–लेकफाँट सडक कालोपत्र

जलजलाको आफ्नै भवनबाट कार्यालय सञ्चालन

करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य

प्रतिक्रिया