रेखाको नयाँ फिल्म वैशाखदेखि फ्लोरमा

काठमाडौं : रेखा थापाले फिल्म बनाउने जमर्को गरेको दुई वर्ष भइसक्यो । पछिल्लो रिलिज ‘मालिका’पछि फिल्म बनाउन कस्सिएकी उनले यसबीचमा दुइटा फिल्म घोषणा गरिसकिन् । तर, उनले घोषणा गरेका दुवै फिल्म फ्लोरमा गएका छैनन् । जसमध्ये एउटा फिल्म रेनशा बान्तवा राईले निर्देशन गर्ने कुरा थियो भने अर्को सवीर श्रेष्ठले ।
रेनशा बान्तवा राईसँग त कागजी सम्झौता भएको फोटोसमेत बाहिरिएको थिए । तर, पछि यो फिल्म यत्तिकै थन्कियो । रेनशाले घरलु ब्यानरकै फिल्म ‘आइ एम ट्वान्टी वान’ सुरु गरिन् जसको ८० प्रतिशत सुटिङ सकिइसकेको छ । यता सवीरले गर्ने फिल्ममा भने बीचमा कलाकार फाइनल भएका समाचार आएका थिए । रेखा थापा मुख्य भूमिकामा रहनेगरी सौगात मल्ल र दयाहाङ राई फिल्ममा अनुबन्ध भएको खबर थियो ।
यहाँ पनि दुई मध्ये सौगातसँग कागजी सम्झौता भएको खबर थियो । तर, यो फिल्मको पनि काम अगाडि बढेको छैन । अब भने रेखाले वैशाखबाट फिल्म फ्लोरमा लैजाने तयारी गरिरहेको बताएकी छिन् । उनले कलाकार र बाँकी जानकारी उपयुक्त समयमा सार्वजनिक गर्ने बताएकी छिन् । ‘नयाँ कलाकारको दमदार इन्ट्री हुन्छ । त्योबाहेक रेखा आफैं पनि फरक अवतारमा देखिन्छे’ उनले भनिन् । रेखाले पछिल्लो समय शरीरको वजन घटाएकी छिन् । उनले फिल्मकै लागि वजन घटाएको पनि बताइन् ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया