नक्कली नोटसहित तीन भारतीय पक्राउ

काठमाडौं- भारतीय नक्कली रुपैयाँसहित प्रहरीले तीन भारतीय नागरिकलाई विराटनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पूर्णियाथाना ग्राम पञ्चायतका ३४ वर्षीय राजु गुप्ता, मधुवनीको सिपाही टोलका ३५ वर्षीय चन्दनकुमार ठाकुर र कनेला रानीपत्राका २२ वर्षीय मोहमद महसुम रहेका छन् ।
विराटनगर-१३ स्थित नहरचोकबाट सिआरभी जतुवाको टोलीले नियमित जाँचका क्रममा टेम्पोमा सवार उनीहरू प्रहरीले पक्राउ गरेको हो । भारतबाट विराटनगरतर्फ आइरहेका तीनै जनालाई ४८ वटा १ सय रुपैयाँको भारतीय नक्कली नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी मोरङका सूचना अधिकारी डिएसपी मञ्जिल मुकारुङले बताए ।
उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया