फरार प्रतिवादी पक्राउ

चितवन- जिल्ला प्रहरी कार्यालय चितवनले डाका मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार पक्राउ पर्नेमा खैरहनी नगरपालिका–६ का ३१ वर्षीय कमल श्रेष्ठ रहेका छन् ।
श्रेष्ठलाई चितवन जिल्ला अदालतबाट विसं २०७० भदौ २५ गते डाका मुद्दामा पाँच वर्ष ११ महिना २ दिन कैद र रु दुई लाख ७१ हजार २० जरिवाना तोकेको थियो । उनलाई प्रहरीले चितवन जिल्ला अदालत पेश गरेको छ । फैसला कार्यान्वयनका क्रममा उनलाई पक्राउ गरिएको हो ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया