बाइडनको शपथमा लेडी गागा र जेनिफर लोपेजले गाउने

वासिङ्टन : जो बाइडनले ५ दिनपछि नयाँ राष्ट्रपतिको शपथ लिँदैछन् । कोरोना महामारीका कारण शपथग्रहण समारोहमा हुने धेरै कार्यक्रम छोट्याइएका छन् वा हटाइएका छन् । तर, शपथ ग्रहण समारोहमा बलिउड सेलिब्रेटीको उपस्थिति भने कम नहुने भएको छ । यस अघि शपथ ग्रहण समारोह टेलिभिजनमा टम ह्याङक्सले सञ्चालन गर्ने खबर आएको थियो ।
योसँगै जस्टिन टिम्बरलेक, डेमी लोभाटो, बोन जोभी आदि कलाकारको पनि प्रस्तुति रहने जनाइएको थियो । तर, शपथग्रहण उद्घाटन समारोह समितिले शुक्रबार समारोहमा जोडिने दुई ठूला सेलिब्रेटीको नाम सार्वजनिक गरेको छ । समारोहमा लेडी गागा र जेनिफर लोपेजको विशेष प्रस्तुति रहने आयोजक कमिटीले जनाएको छ ।
लेडी गागाले चुनावको समयमा राष्ट्रपति निर्वाचित बाइडनका लागि भोट मागेकी थिइन् । उनै लेडी गागालाई बाइडेनले राष्ट्रिय गीत गाउन विश्वास गरेका छन् । जनवरी २० मा हुने कार्यक्रममा लेडी गागाले राष्ट्रिय गीत गाउने आयोजक कमिटीले बताएको छ ।
यसैगरी बाइडनको पक्षमा भोट मागेकी जेनिफर लोपेजले पनि समारोहमा बेग्लै प्रस्तुति दिने कार्यक्रम रहेको छ । डोनाल्ड ट्रम्पको शपथ ग्रहण समारोहमा अमेरिकन आइडल विजेताले राष्ट्रिय गीत गाएकी थिइन् भने त्योभन्दा अघि बाराक ओबामाको दोस्रो कार्यकालमा बियोन्सेले राष्ट्रिय गीत गाएकी छिन् ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया