युक्रेनमा रहेका १९३ जना नेपाली आए दूतावासको सम्पर्कमा

काठमाडौं - युक्रनेमा रहेका १९३ जना नेपाली जर्मनीको बर्लिनस्थित नेपाली दूतावासको सम्पर्कमा आएकाछन् । सम्पर्कमा आएका सबै नेपाली सुरक्षित रहेको दूतावासले जनाएको छ ।
‘दूतावासमा सम्पर्कमा आउनुभएका १९३ जना नेपाली नागरिकहरू हालसम्म सुरक्षित हुनुहुन्छ,’ जर्मनीस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
युक्रेनमा उत्पन्न पछिल्लो संकटपछि त्यस मुलुकका विभिन्न सहरमा रहेका नेपाली नागरिकहरुको स्थिति सम्बन्धमा थप जानकारी हासिल गर्ने कार्य निरन्तर भइरहेको दूतावासले जनाएको छ ।
रुसले बिहीबारबाट युक्रेनमा सैन्य आक्रमण सुरु गरेपछि त्यहाँ रहेका नेपालीको खोजी गर्न थालिएको हो । दूतावासले यसअघि स्थायी रुपमा बसोबास गर्दै आएको ३८ जना र युरोप र अमेरिका जाने क्रममा करिव दुई सय नेपाली युक्रेनमा रहेको बताएको थियो । तीमध्ये १९३ जना दूतावासको सम्पर्कमा आएका हुन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भने युक्रेनमा करिव ४ सय नेपाली रहेको जनाएको छ ।

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

भारतस्थित नेपाली दूतावासले भन्यो- भारतमा रहेका नेपालीले सुरक्षासम्बन्धी निर्द…

गैर आवासीय नेपाली सङ्घको एकता महाधिवेशन सम्पन्न

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

प्रतिक्रिया