वडाध्यक्ष कार्कीको निधन

सुर्खेत- सुर्खेत भेरीगंगा नगरपालिका–१ वडा अध्यक्ष नवराज कार्कीको निधन भएको छ । सवारी दुर्घटनामा परेका कार्कीको उपचारका क्रममा शुक्रबार राती १०:३० बजे काठमाडौंको न्युरो अस्पतालमा निधन भएको हो ।
फागुन ८ गते रत्न राजमार्गको भेरीगंगा नगरपालिका–१२ छिन्चुमा उनी सवार भे ६ प ४४०१ नम्बरको मोटरसाइकललाई नेपालगंजबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्बरको फोर्स गाडीले ठक्कर दिदाँ वडा अध्यक्ष कार्कीसहित स्थानीय भुपेन्द्र शाही घाइते भएका थिए ।
टाउकोमा गम्भीर चोट लागेको कार्कीको कर्णाली प्रदेश अस्पतालमा उपचार हुन नसकेपछि हेलिकप्टर चार्टर गरेर थप उपचारका लागि काठमाडौं लगिएको थियो ।
बिसं.२०४८ सालमा जन्मिएका कार्कीले माओवादी केन्द्रबाट २०७४ सालमा वडा अध्यक्षमा बिजयी भएको उनी भेरीगंगा नगरपालिकाको पार्टी सचिव रहेको माओवादी केन्द्र सुर्खेतका संयोजक कृष्ण जिसीले बताए ।

कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

डेंगुले सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

प्रतिक्रिया