पल शाह लुकाएको आशंकामा निर्देशक सुदर्शन थापा प्रहरी नियन्त्रणमा

काठमाडौँ - नाबालिगलाई बलात्कार गरेको आरोपमा फरार रहेका पल शाहसँग निरन्तर सम्पर्कमा रहेको आशंकामा ‘म यस्तो गीत गाउँछु२’ निर्देशक सुदर्शन थापालाई बानेश्वर वृत्तले सोधपुछका लागि नियन्त्रणमा लिएको छ । थापालाई प्राइम टेलिभिजनको कार्यालयमा अन्तर्वार्ता दिएर बाहिर निस्कँदा प्रहरीले सोधपुछका लागि भन्दै नियन्त्रणमा लिएको हो ।
नाबालिग बलात्कारको आरोप लागेका पल शाहसँग थापा निरन्तर फोन सम्पर्कमा बसेको र प्रहरीलाई यसबारे जानकारी नदिएको भन्दै उनलाई सामान्य सोधपुछका लागि महानगरीय प्रहरी वृत्त बानेश्वर लगिएको प्रहरी स्रोतले बताएको छ ।
जघन्य अपराधका आरोपीसँग निरन्तर सम्पर्कमा रहनु र प्रहरीलाई खबर नदिनु कानुनअनुसार दण्डनीय मानिन्छ ।थापाको साथैमा रहेका निर्देशक नारायण पुरीका अनुसार यतिबेला निर्देशक थापाको फोन समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।निर्देशक सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु’ शुक्रबारबाट रिलिज भएको थियो । सुदर्शन यही फिल्मको प्रचारका लागि विभिन्न सञ्चारमाध्यममा उपस्थित हुँदै आएका थिए ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया