एमसीसीमा माओवादीको बाध्यात्मक यूटर्न !
चुनावका लागि पनि प्रचण्डकाे ‘फेस सेभिङ’

काठमाडौँ : एमाले अध्यक्ष केपी शर्मा ओलीको संसद् विघटन बदनामीलाई अवसरमा परिणत गरेको सत्ता गठबन्धन सुरक्षित रहने भएको छ । यसका लागि नेकपा माओवादी केन्द्रले एमसीसीमा यूटर्न लिएको छ । यद्यपी बाहिर मिडियामा उसको विरोध कायमै रहनेछ ।
शनिबार बालकोटमा एमाले अध्यक्ष ओलीसँग कांग्रेसका शीर्ष नेताहरु सहमति गर्न असफल भएपछि एमसीसी पारित गर्न माओवादी यूटर्न लिन बाध्य भएको हो ।
‘हाम्रो अहिले पनि सिधा अडान त सत्ता गठबन्धन टुटेपनि एमसीसी पारित गर्न सक्दैनौँ भन्ने हो,’ माओवादी केन्द्रका एक नेताले इकागजसँग भने, ‘तर बाध्यात्मक अवस्थामा हामीले यूटर्न लिनुपर्ने भएको छ ।’
एमसीसीका विषयमा निर्णय नफेर्दा माओवादीका तीन वटा संकट तत्कालै चुलिनेछन् । पहिलो सरकार छाड्नुपर्नेछ । दोस्रोमा स्थानीय तहको चुनावमा ठूलो धक्का व्यहोर्नुपर्नेछ । तेस्रोमा देशमा अस्थिरता निम्त्याउने अध्यक्ष प्रचण्डको प्रवृत्ति अनुमोदन हुनेछ ।
त्यतिमात्रै होइन, विगतमा आफैले एमसीसी सम्झौताका लागि लबिङ गर्नेदेखि सम्झौता गर्नेबेलासम्मको नेतृत्व र सत्तासीन भएका कारण पनि माओवादी बाध्यात्मक रुपमा यूटर्न भएको हो । यद्यपि, यस विषयमा नेताहरु बाहिर स्वतन्त्र रुपमा बोल्न तयार छैनन ।
‘हामीलाई खुलेर समर्थन गर्न गाह्रो छ । किनकी सडकदेखि सदनसम्म हामीले सुरु गरेको विरोधको पनि रक्षा गर्नुपर्छ,’ ती नेताले थप अगाडि भने, ‘तर सत्ता गठबन्धन नजोगाए प्रतिबद्धता गरेको सरकारबाट बाहिरिनुपर्दा आफैलाई समस्या निम्तिने खतरा बढेपछि युटर्न आवश्यकता र बाध्यता बनिदियो ।’
बालुवाटारमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल र प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गर्ने विषयमा सहमति नजिक छन् ।
तर एमसीसी पारित गर्ने विषयमा निर्णय नै भएपनि यसबारे माओवादीको धारणा स्पष्ट रुपमा बाहिर आउने छैन । प्रधानमन्त्री देउवा पनि यस विषयमा तयार छन् । तर लिखित सहमति नभएसम्म देउवा ढुक्क हुन सक्दैनन् ।
‘सहमतिको प्रयास भनेकै त्यही लिखित त हो नि,’ बालुवाटार स्रोतले भन्यो, ‘लिखितमा हस्ताक्षर भएपछि सत्ता गठबन्धन टुट्दैन भन्नेमा ढुक्क हुन सकिन्छ ।’
तर यो राजनीतिक सहमतिपछि चीनको धारणालाई माओवादीले कसरी प्रतिक्रिया गर्छ भन्नेमा स्पष्ट छैन । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालसमेत बालुवाटारको मध्यस्तकर्ताका रुपमा एमसीसी पारित गर्न तयार भएपछि माओवादीको यूटर्न सम्भावनामा परिणत भएको हो । यद्यपी, एमसीसीमा प्रचण्ड र माधव नेपालको यूटर्नले फेरिदो राजनीतिक कोर्स ‘ट्याकमै’ रहेको देखाउनेछ ।
आइतबारको संसद् बैठकमा एमसीसीका विषयमा छलफल गर्ने कार्यसूचि सार्वजनिक भइसकेको छ । कार्यसूचिअनुसार एमसीसी पारित गर्ने र संसद्को अवरोध खोल्ने विषयमा शनिबार बेलूकी बालकोट वार्ता निष्कर्षमा पुग्न नसकेपछि बालुवाटार सत्ता गठबन्धनमै चित्त बुझाउन बाध्य भएको हो ।
‘एमसीसीमा राष्ट्रिय सहमति र विना अवरोध प्रस्तावमाथि छलफल गरेर पारित गर्ने योजना थियो । तर एमालेले संसद्को अवरोध हटाउन नमानेपछि बैठक निष्कर्षमा पुग्न सकेन,’ बालकोट वार्तापछि पत्रकारसँग सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले बताए ।
यता माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले आइतबारको संसद् बैठकमा एमसीसीबारे आफ्नो दलको विरोध कायमै रहने बताए । ‘हाम्रो विरोध कायमै रहन्छ, एमसीसी सम्झौताका विषयमा हाम्रो धारणा स्पष्ट छ,’ उनले भने ।
प्रचण्ड, माधव नेपाल र देउवाको बालुवाटार वार्तामा लिखित सहमति भएको खण्डमा आइतबारको प्रतिनिधि सभा बैठकमा एमसीसी अघि बढ्नेछ । अन्यथा फेरि संसद् बैठक सर्न सक्नेछ । एमसीसीमा माओवादीकाे यूटर्नले अध्यक्ष प्रचण्डलाई 'सेफ ल्याण्डिङ'भन्दा 'फेस ल्याण्डिङ' गर्न सहज हुनेछ ।
एमसीसी पारित गर्छौ भनेर देउवासँगै हस्ताक्षर गरेका प्रचण्डले त्यसयता फेदै आएको धारणाले आफैलाई संकट निम्त्याएको थियो । सोही कारणले सत्ता गठबन्धनसँगै उभिदा मात्रै पनि विदेशी शक्तिसामू प्रचण्डलाई ‘फेस सेभिङ’ गर्न मात्रै होइन, माओवादीको राजनीतिक स्वार्थ पनि सहज हुने अनुमान छ ।

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक

टिआइएलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेका छौँः पर्यटनमन्त्री पाण्डे

प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार

‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पु…

'सरकारमाथि चौतर्फी प्रहार भइरहेको छ'

स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज

प्रधानमन्त्री ओली स्वदेश फर्किए

प्रतिक्रिया